१३ साउन, काठमाडौँ । मौद्रिक नीतिपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रोपटक पनि सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको १ मिनेटमा ४ प्रतिशत बजार बढेर २० मिनेटका लागि बन्द भएको थियो । पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुन: सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।
११ बजेर २२ मिनेट जाँदा बजार १२९.०७ अंकले बढेको हो । अक्त अवधिमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढे वा घटेमा सर्किट ब्रेक लाग्छ । अब सेयर बजार १२ बजेर दुई मिनेटमा खुल्नेछ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।
Comments