कमला ह्यारीसद्वारा उमेदवारी घोषणा

१२ श्रावण, २०८१,१५:४८

१२ साउन, वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्वरमा हुँने निर्वाचनका लागि आधिकारीक रुपमा उपराष्ट्रपति कमला ह्यारीसले उमेदवारी घोषणा गरेकी छन् ।

अमेरिकामा आगामी नोभेम्वरमा हुँने निर्वाचनमा एआईको उच्चतम प्रयोगले डेमोक्राटिक पार्टीका वर्तमान राष्ट्रपति जो बाइडेन भन्दा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प अगाडि रहेको डाटाले देखाएको छ । यसअघि प्रारम्भिक नतिजालाई विश्लेषण गरी आगामी निर्वाचनमा दोस्रो कार्यकाल वर्तमान राष्ट्रपति बाइडेन नउठने घोषणा गर्दै युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए। बाइडेनको समेत समर्थनमा हालका उपराष्ट्रपति कमला ह्यारीसले उमेदवारी घोषणा गरेकी हुन।

“आज मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका निम्ति आधिकारिक रूपमा मेरो उमेदवारी घोषणा गर्ने फारामहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मिहिनेत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ,” कमलाले आफ्नो पोष्टमा भनेकी छन् । डेमोक्राटिक पार्टीका पूर्वराष्ट्रपति बाराक ओबामाले समेत शुक्रबार कमलालाई समर्थन गरेका हुन ।

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट डोनल्ड ट्रम्प र डेमोक्राटिक पार्टीबाट कमला ह्यारीसको रोचक भिडन्त हुने भएको छ । रासस/एएनआई




137 Views

Comments