“आर्टिफिसीयल इन्टेलिजेन्स (एआई) र डाटा-संचालित चुनाव अभियान” भव्यरुपमा सम्पन्न

११ श्रावण, २०८१,२०:३५

२०८१ साउन ३,काठमाडौँ । भूगोलपार्कद्वारा प्रस्तुत प्यानल छलफल आर्टिफिसीयल इन्टेलिजेन्स (एआई) र डाटा-संचालित चुनाव अभियान आज साउन ११ गते क्रिस्टल पार्टी भेनु, नयाँ बानेश्वरमा भव्यरुपमा सम्पन्न भएको छ ।

हाम्रोनेता.अनलाइनले गरेको सृजनात्मक राजनीतिक सुचक कार्यक्रमहरूलाई निर्न्तरता दिँदै एक ग्राउन्डब्रेकिंग छलफलको लागि हामीले अतिथिका रुपमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियार, एमालेका सचिव एवं सांसद योगेश भट्टराई, माओवादी (केन्द्र) का सचेतक एवं सांसद रुपा सोशी चौधरी, रास्वपाका प्रमुख सचेतक एवं सांसद संतोष परियार, नेकपा (एस) का सचिव एवं सांसद मदनकुमारी शाह (गरिमा) लाई आमन्त्रण गरेका थियौँ । हाम्रो छलफलको विषय निम्न रहेका थिए :

१. आर्टिफिसीयल इन्टेलिजेन्स (एआई): नेपाललाई फड्को मार्ने मौका

२. डाटा-संचालित चुनाव अभियान:लोकतन्त्र बन्छ शक्तिशाली

सो कार्यक्रममा निर्वाचन आयोगबाट सह-सचिव अरुणा जोशीसमेत अतिथिका रुपमा आउँनुभएको थियो ।

अतिथिहरूको आसन ग्रहणबाट सुरु भएको कार्यक्रममा उद्घोषण करुण सिंहले गर्नुभएको थियो भने आमन्त्रित अतिथिहरूसँग अन्तरक्रिया जोर्ज वाशिंटन विश्वविद्यालका एआई र व्यवस्थापन विज्ञ एवं भूगोलपार्कका सञ्चालक सिमोन ढुंगानाले गर्नुभएको थियो ।

आर्टिफिसीयल इन्टेलिजेन्स (एआई) र डाटा-संचालित चुनाव अभियानको वारेमा प्रकाश पार्दै नेपाली कांग्रेसका सहमहामन्त्री परियारले अहिले विश्वले प्रविधिको क्षेत्रमा फडको मार्नु सुखद भए पनि यसको सामाजिक सञ्जालमा गलत प्रयोगले गर्दा विश्वसनीयतामा अझैँ पनि आशंका रहेको बताउँनुभयो । उहाँले यस विषयमा सरकारले विज्ञहरूसँग गहन छलफल गरी नेपाल र नेपालीको अधिकतम हितमा काम अगाडि बढाउँने बताउँनुभयो । त्यस्तै सो विषयमा प्रकाश पार्दै एमालेका सचिव भट्टराई अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष र विश्वसनीय एआई र डाटा-संचालित चुनाव अभियानलाई टेवा पुगोस् भन्ने हेतुले नेपालको आफ्नै भू-उपग्रह (सेटलाईट) स्थापना गर्न पहल गरिरहेको बताउँनुभयो । उहाँले अहिल्यै यस्तो प्रविधि भित्र्याउँन चुनौती भए पनि १० वर्षपछि गर्ने लक्ष्यका साथ यसको फाइदा र बेफाइदाको बारेमा सुक्ष्म अध्ययन र विश्लेषण गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउँनुभयो ।

त्यसैगरी माओवादी (केन्द्र) का सचेतक सोशी चौधरीले आफ्नो पार्टी जनता र देश हितका लागि महान जनक्रान्तिको जगबाट उठेको बताउँदै आफ्नै पार्टीको एजेण्डाअनुरुप संघीयता स्थापना भएको बताउँनुभयो । संघीयतामा यस्ता नविनतम प्रविधि नेपालमा भित्रनु राम्रो भए पनि यसको विश्वसनीयतामा गहन छलफल अगाडि बढाउँनुपर्ने बताउँनुभयो । रास्वपाका प्रमुख सचेतक परियारले विश्वले एआई र डाटा-संचालित चुनाव अभियानको प्रयोगले तिब्र विकासमा फड्को मारेको स्मरण गराउँदै यस्तो प्रविधि नेपालमा भित्र्याउँनुपर्ने बताउँनुभयो । साथै नेकपा (एस) का सचिव शाह (गरिमा) ले यस्तो विषयमा नेपालमा पहिलोपटक बहस गर्न पाउँदा खुशी लागेको बताउँदै एआई र डाटा-संचालित चुनाव अभियान बारे राज्यले यसको फाइदा र बेफाइदा बारेमा जनचेतना अभिबृद्धि गरी विज्ञहरूसँग बहस अगाडि बढाउँनुपर्ने तथा नेपालको हितमा प्रयोग गर्न ढिला गर्न नहुने बताउँनुभयो ।

निर्वाचन आयोगबाट पाल्नुभएका उपसचिवले आफ्नो स्वागत मन्तव्यमा विज्ञ र राजनीतिक दलहरूबीच गहन अध्ययन र अनुसन्धान गरी नीति नियम बनाएर एआई र डाटा-संचालित चुनाव अभियान सञ्चालन गरी नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

आमन्त्रित अतिथिहरूसँग अन्तरक्रीया गर्दै जोर्ज वाशिंटन विश्वविद्यालका एआई र व्यवस्थापन विज्ञ एवं भूगोलपार्कका सञ्चालक ढुंगानाले भारतमा एआईको प्रयोग गरेर विगतको निर्वाचनमा नरेन्द्र मोदी र उसको गठबन्धन दलहरूले चुनाव जितेको बताउँनुभयो । अमेरिकामा आगामी नोभेम्वरमा हुँने निर्वाचनमा एआईको उच्चतम प्रयोगले डेमोक्राटिक पार्टीका वर्तमान राष्ट्रपति जो बाइडेन भन्दा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प अगाडि रहेको डाटाले बताएको स्मरण गराउँदै प्रारम्भिक नतिजालाई विश्लेषण गरी आगामी निर्वाचनमा दोस्रो कार्यकाल वर्तमान राष्ट्रपति बाइडेन नउठने घोषणा यसैको प्रतिफल रहेको बताउँनुभयो । सोही डाटालाई आधारमानी बाइडेनको समेत समर्थनमा हालका उपराष्ट्रपति कमला ह्यारीसलाई उनको पार्टीले चुनावमा उठाउँने चर्चा चलेको बताउँनुभयो । उहाँले यस्तो प्रविधिको प्रयोग नेपालमा गर्न सके नेता जनताप्रति अझ उत्तरदायी भएर काम गर्न सक्ने भन्दै नेपाल र नेपालको हित गर्न ढिलो नगरी यस्तो प्रविधि छिटै नेपाल भित्र्याउँनुपर्ने बताउँनुभयो ।

कार्यक्रमको अन्त्यमा विभिन्न पेशा र तप्काका आगन्तुकहरूले गर्नुभएको प्रश्नको जवाफ दिँदै कांग्रेसका सहमहामन्त्री परियार, एमाले सचिव भट्टराई र अतिथिहरूसँग अन्तरक्रीया गर्नुहुने भूगोलपार्कका सञ्चालक सिमोन ढुंगानाले जवाफ दिनुभएको थियो ।

भूगोग पार्कको चिनारी

हाम्रोनेता.अनलाइन नेपालको एक मात्र प्लाटफोम हो, जहाँ नेताहरूको समग्र सुचना पाउँनुहुन्छ । यस प्लाटफोम मार्फत विगत निर्वाचनमा उमेद्वार मेला र निर्वाचन सम्बन्धि नेताहरूसँग थुप्रै बहस गरेका थियौँ । वर्तमान समयमा समकालिन संवाद अन्तर्गत विभिन्न कार्यक्रम तथा स्टुडियो अन्तर्वार्ताहरू लिने गरेका छौँ । हाम्रोनेता.अनलाइनले गरेको सृजनात्मक राजनीतिक सुचक कार्यक्रमहरूलाई निर्न्तरता दिँदै आएका छौँ ।



337 Views

Comments