कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

११ श्रावण, २०८१,०८:४१

११ साउन, काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्यष्टि गर्ने ढकालले जानकारी दिएका छन् ।

नकर्मी लामो समयदेखि मृगौला पीडित थिए । मृगौलामा समस्या आएपछि उनी साउन २ गते वीर अस्पतालमा भर्ना भएका थिए । मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका थिए ।


188 Views

Comments