संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा किस्ट हस्पिटलमा निधन

Bhugolpark

३० आश्विन, २०७९,०६:२८

काठमाडौँसंस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ  ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भइ उपचार गरिरहनुभएको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदैआएको थियो 

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था गत शुक्रबारदेखि जटिल बन्दैगएको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सोका पनि दीर्घरोगी थिए । वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तक  वि.सं. २०१३ सालमा लेख्नुभयो र नेपाली राष्ट्रिय मुद्राग्रन्थ पुस्तक २०१७ सालमा लेख्नुभयो ।  उहाँले तीनपटक मदन पुरस्कारसमेत पाउँनुभएको थियो 

जीवित अवस्थामै हुलाक टिकटमा  उनको नाम प्रकाशित गरिएको थियो ।जीवित छदै हुलाक टिकटमा नाम लेखाउँने उनी पहिलो नेपाली नागरिकसमेत बन्न पुग्नुभयो 

 

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म २०१७ देखि सुरु भएको पञ्चायती व्यवस्थादेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली नेवारी भाषाका नाटककार त्यसमा अभिनय गरेका कलाकारसमेत हुन् 


222 Views

Comments