प्रधानमन्त्री ओलीले पाए संसदको दुई तिहाईभन्दा बढी विश्वासको मत

७ श्रावण, २०८१,१२:०३

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८, विपक्षमा, ७४ र तटस्थमा १ मत

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभाबाट दुई तिहाईको विश्वास मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८, विपक्षमा, ७४ र तटस्थमा १ मत परेको थियो ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली प्रतिनिधिसभातर्फ कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जसपा नेपालका ५, जनमतका ६, लोसपाका ४, नाउपाका ४ र स्वतन्त्रका २ जनाको समर्थनमा प्रधानमन्त्री बनेका थिए । ओलीलाई विश्वासको मत दिने दलका सबै सांसदहरू सदनमा उपस्थित थिएनन् ।

त्यसैगरी ओलीको विपक्षमा माओवादीका ३२, रास्वपा २१, राप्रपाका १४, नेकपा (एस)का १०, आम जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ जना उभिएका थिए । तर पनि ओलीलाई विश्वासको मत नदिने दलका पनि सबै सांसदहरू सदनमा उपस्थित थिएनन् ।


231 Views

Comments