आज गुरु पूर्णिमा मनाइँदै

६ श्रावण, २०८१,१३:३१

६ साउन,काठमाडौँ । असार शुक्ल पूर्णिमाको दिन आज दीक्षा, गायत्री, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैले आजको दिन आफूलाई ऑखा खोल्दिने, बाटो देखाउने, सही मार्ग पहिल्याउन मद्दत गर्ने, कुनै न कुनै रूपमा जीवनमा योगदान गरेका सबैलाई गुरू मानेर वन्दना गर्ने दिन हो । आजसम्मका सबै ऋषि, गुरू, वैज्ञानिक, आध्यात्मिक नेताहरू, आफ्ना मातापिता, अग्रज, पूर्वज, शिक्षक, जो जसको योगदानले हाम्रो जीवन धन्य भएको छ, सबैको सम्झना सम्मान गर्दै कृतज्ञता व्यक्त गर्ने, मनभित्र कृतज्ञ हुने दिन हो ।

गुरू वन्दना एक साधना हो। सही तरिकाले गुरू वन्दना गरियो भने असंभव प्रतीत कुरा पनि संभव सहज मात्र हैन, कृपा प्राप्त हुन्छ, जिवन कष्टपूर्ण भए पनि सहज बन्छ भन्ने वैदिक मान्यता छ।

वैदिक विज्ञान सब्जेक्टिभ विज्ञान हो, जसले अपनाउछ त्यसले मात्र त्यसको सकारात्मक लाभ वा अनुभूति पाउँछ । ती सबै चिज जसले हाम्रो जीवनलाई संभव, सहज र आनन्दमय पारेको छ तिनीप्रति जो सुकै हुन् नतमस्तक हुने विशेष दिन हो गुरूपूर्णिमा। सम्पूर्ण गुरू सदगुरूप्रति नमन ।



160 Views

Comments