अमरदीप सुनुवारको सर्वाधिक लोकप्रीय तीज गीत ‘गाउँदेखि शहर’ बजारमा

३ श्रावण, २०८१,१२:३६

३ साउन, काठमाडौं । नेपाल सरकारका उपसचिव अमरदीप सुनुवारको सर्वाधिक लोकप्रीय तीज गीत ‘गाउँदेखि शहर’ बजारमा आएको छ । उपसचिव सुनुवारले लेखेको ‘गाउँदेखि शहर’ तीज गीत मंगलबारदेखि ओएसआर युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गाउँघरका ढिकी जाँताको कुरादेखि मेलापात र शहरी जीवनको समेत मिश्रण गरी आधुनिकशैलीमा महिलाहरूको कथा र वेदनालाई मर्मस्पर्शी ढंगले टपक्कै टिपेर रचना गरिएको यो तीज गीत अहिले ट्रेनिङमा छ । उपसचिव सुनुवारले रचना गरेको गीतलाई एकै दिनमा सर्वाधिक ६१ हजार जनाले हेरिसकेका छन् ।

यो तीज गीतमा मन्मा बी राईको स्वर, अशोक मुकारुङको संगीत तथा नायिका प्रियंका कार्कीले अभिनय रहेको यो तीज गितको निर्देशन जिबी आग्रीले गरेका छन् । यस गीतलाई मन परेमा लाईक, कमेन्ट, सेयर र सस्क्राइब गरिदिनुहुन आफ्ना दर्शकहरूलाई उपसचिव सुनुवारले हार्दिक अनुरोध गरेका छन् ।

रामेछापको लिखु तामाकोशी -२, शिरिसेमा साधारण किसान परिवारमा जन्मिएका उनले स्नातक कानुन विषयमा गरी स्नाकोतर समाजशास्त्र र राजनीतिक शास्त्रमा गरे । उनी हाल विद्यावारिधि गर्दै छन् । बहुप्रतिभाका धनी उपसचिव सुनुवार हिजोआज कविता र गीती लेखनबाट समाजमा चेतना अभिवृद्धि गर्ने हेतुले कलम चलाइरहेका छन् ।




198 Views

Comments