दूर्गा प्रसाईंले गरे नक्कली भुटानी शरनार्थी प्रकरणका कालो कर्तुतको प्रर्दाफास

२७ असार, २०८१,१३:१३

२७ असार,काठमाडौँ । मेडिकल व्यावसायी तथा ‘राष्ट्र, राष्ट्रियता, हिन्दु धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’का मुख्य अभियन्ता दूर्गा प्रसाईंले हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा नक्कली भुटानी शरनार्थी प्रकरणका कालो कर्तुतको प्रर्दाफास गरेका छन् । उनले भुटानी शरनार्थी प्रकरणका मुख्य नाइके तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा भएको प्रमाणसहित कालो कर्तुतको प्रर्दाफास गरेका हुन् ।

विगत ३४ वर्षदेखि देशमा भ्रष्टचार र सुशासनमा प्रतिपक्ष नै नभएको देखेर सगरमाथाझैँ खम्वा भएर आफू उभिएको प्रसाईंले बताए । देश शक्ति केन्द्रहरूको क्रिडास्थल भएको बताउँदै उनले नेताहरू विगत ३४ वर्षदेखि सत्तालिप्सामा चुर्लुम्म डुवेको बताए । देशमा वेथिती, भ्रष्टचार बढेकाले प्रत्येक वर्ष देशले धान्नै नसक्ने गरी ऋणको बोझ थपिदैँ गएर हाल २४ खर्व भन्दामाथि नेपाली जनताको थाप्लोमा ऋण पुगेको बताए । त्यस्तै उनले सनातनदेखिको हिन्दु धर्मको गला रेटिएको, धेरै भ्रष्ट छोटे राजाहरूको उदयले देश कंगाल भएको बताए । वेथिती, विसंगती, भ्रष्टचारको अन्त्य गरी देश जोगाउँन ‘राजा आऊ देश बचाऊ’ भन्दै आफू ‘राष्ट्र, राष्ट्रियता, हिन्दु धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’मा जोडिएको बताए ।

त्यस्तैगरी उनले नेपालको अर्थतन्त्र मारवाडी कब्जामा पुगेको बताए । उनले नेपालका दुई कम्युनिस्ट एमाले र माओवादी मिलेर देश र जनताको पक्षमा काम गर्लान भन्ने लागेर मार्सी चामलको भात खुवाएर दुई पार्टी एकिकरण गर्न अहम भूमिका खेलेको जिकिर गरे । प्रसाईंले लामो समयसम्म सो पार्टीमा काम गरेको समेत बताए । तर, दुई कम्युनिस्ट पार्टी एकिकरण भएर बनेको सरकारको पालामा समेत चरम वेथिती, विसंगती र भ्रष्टचार बढेकाले नागरिकको पक्षमा आफू अगाडि सरेको बताए । उनले प्रचण्ड र रविहरू भ्रष्टचारीलाई कारवाही गर्न खुट्टा कमाइरहेको बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको देखिएकाले मैलेझैँ ऋण तिर्छु भन्नुपर्नेमा पदीय दुरुपयोग गरेको आरोप लगाएका थिए ।



137 Views

Comments