रामेछापको ढाडेस्थित एक होटेलमा प्रेमीप्रमिका गरे विष सेवन,एकको मृत्यु एक जनाको अवस्था गम्भिर

२६ असार, २०८१,१७:०२

२५ असार, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको ढाडेको होटेलमा गए राति विष सेवन गरेका प्रेमीप्रमिका मध्ये पुरुषको हिजो मन्थलीमा उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ भने अचेत अवस्थामा रहेकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

गम्भीर अवस्थामा जिल्लाकै लिखु तामाकोशी गाउँपालिका वडा नं २ ढाडेबाट उद्दार गरी मन्थली ल्याइएकोमा युवक कार्कीको मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले बताए । मृतको कार्कीको शव पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ । महिलालाई प्रहरी सहितको रोहबरमा काठमाडौँ पठाइएको छ ।

आफ्नो नाम ठेगाना गोप्य राखेर उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रीति घर भएका अविवाहित सागर कार्की र तोरण माया सुनुवार मध्यराति विष सेवन गरेर गम्भीर अवस्थामा ढाडेको एक होटेलमा भेटिएका थिए । लिखु तामाकोशी गाउँपालिका सिरिसे बजारमा गएर आफूहरू श्रीमानश्रीमती हौँ भन्दै मकैमा हाल्न भनी विषाधि लिन आएको बताएपछि उनीहरूलाई विषाधि दिएको पसलेले बताएको आफूले सुनेको उमाकुण्ड- ७ का स्थानीय सुदिप सुनुवारले भूगोलपार्कलाई जानकारी दिएको दिए ।

श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा गएका तोरण माया सुनुवार केही वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । भने, युवक गाउँमै जेसिबिमा सह–चालकको रूपमा काम गर्थे । होटेलमा रुम लिएर बसेका दुवैले विष सेवन गर्नु शङ्कास्पद देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान अगाडि बढाएको छ । स्थानीयहरूका अनुसार सुनुवार काठमाडौँ बस्दै आएकाले टेलिफोनको सम्बन्ध हुन सक्ने आशङ्का गरेका छन् । 

सुनुवारको श्रीमान वैदेशिक रोजगारीको सिलशीलामा लामो समयदेखि युकेमा काम गरिरहेका छन् । श्रीमतीको खुशीको लागि आफ्नो ज्यानको पर्वाह नगरी रगत पसिना बगाएर उनको श्रीमानले पैसा नियमित पठाइरहेका थिए । श्रीमानसँग राम्रो सम्बन्ध थियो । तर आफ्नो यौन चाहानालाई पूरा गर्न परपुरुषसँग लठारिदैँ महिलाको कारण भनौँ वा विदेशमा गएको पुरुषको श्रीमतीसँग अवैध सम्बन्ध राख्नाले एक होनाहार अविवाहित सागर कार्कीजस्ता पुरुषले विष सेवन गरेका छन् । यस्ता घटनाका यिनीहरू प्रतिनिधि पात्र मात्र हुन् । यस्ता अवैध यौन क्रिडामा रमाउने जो कोहीलाई तपाई हाम्रो समाजले कडा कारवाहीको दायरामा ल्याउँन सके मात्र यस्ता घटनामा कमी ल्याउँन सकिने कुरामा कसैको दुई मत हुनसक्दैन् ।

प्रीति साबिकको वडा नं ४ कै झिँगामली घर भएका कार्की सोही वडाको तल्लो गाउँकी तोरण मायासँग कुनै सम्बन्धमा भए नभएको एक्कीन जानकारी नभएको उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष मानबहादुर सुनुवार बत्ताउँछन् । 



210 Views

Comments