खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रावृत्ति प्रदान

२६ असार, २०८१,११:२६

२६ असार,काठमाडौँ । जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।

यस विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई आवासीय छात्रावृत्ति तथा अन्य छात्रावृत्ति प्रदान गरिएको हो । यस विद्यालयमा अहिले एक सय पाँच जना अपाङ्गता भएका विद्यार्थी अन्य अनाथ, असहाय, निम्न वर्गीय गरी पाँच सय पंचानबे विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले अस्पतालको निरीक्षणपश्चात राज्यका तर्फबाट नियमित बजेटको व्यवस्थाका लागि पहल गर्ने बताउँनुभयो ।

एकअर्को प्रशंगमा डा कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बन्ने नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताउँनुभयो ।



145 Views

Comments