ज्योतिष पण्डित डा.रूद्रनाथ अधिकारीको गीतहरूको म्युजिक भिडियो बजारमा

२५ असार, २०८१,१४:४५

२५ असार,काठमाडौँ । गीतकार तथा प्रसिद्ध ज्योतिष पण्डित डा.रूद्रनाथ अधिकारीको गीतहरूको म्युजिक भिडियो बजारमा आएको छ । हिजो काठमाडौँ ब्याङ्केट थापागाँउ, नयाँ वानेश्वरमा आयोजित एक कार्यक्रममा अधिकारीको गीतहरूको म्युजिक भिडियो लोकार्पण गरिएको थियो ।

कति गीतकार जीविकोपार्जनको लागि गीतको रचना गर्छन् । तर समाजसेवी ज्योतिष पण्डित डा.रूद्रनाथ अधिकारीले चाहिँ गीत सृजना गरेर पैसा कमाउने उद्देश्यले भन्दा पनि सोख पूरा गर्ने उद्देश्यले यस क्षेत्रमा कलम चलाएका छन् ।

उनले मार्मिक कथावस्तुलाई समेटेर जीवनको उत्तरार्धमा थुप्रै गीतको रचना गरेका छन् ।


185 Views

Comments