खनाल र नेम्वाङबीचको प्रतिष्ठाको लडाइँ

Bhugolpark

२६ आश्विन, २०७९,०७:१६

इलाम — यसअघि झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ सँगसँगै चुनावी दौडधुपमा हिँडेको र एउटै मञ्चबाट भाषण गरेको दृश्य इलामवासीका लागि सामान्य थियो तर यसपालि इलाममा परिदृश्य  फेरिएकोछ स्कुले सहपाठी मात्र नभएर एमालेमा दशकौं सहयात्रा गरेका खनाल र नेम्वाङ यसपालि फरक–फरक चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दै छन् दुवै एकअर्काको गठबन्धनविरुद्ध खुलेरै प्रकट हुन थालेका छन्।खनाल र नेम्वाङ दुवैको घर इलामको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ तर खनाल २०४८ सालदेखि नै इलाम–१ बाट उठ्दै आएका छन् यसअघिसम्म एमालेबाट प्रतिस्पर्धा गरेका खनाल अहिले एकीकृत समाजवादीका तर्फबाट गठबन्धनको उम्मेदवार छन् एमाले उपाध्यक्ष नेम्वाङ सदाझैं इलाम–२ बाट उठेका छन् क्षेत्र फरक परे पनि आसन्न निर्वाचनलाई शीर्ष तहका नेताद्वय खनाल र नेम्वाङको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेर्न थालिएको छ।खनाल प्रधानमन्त्री र नेम्वाङ सभामुख/संविधानसभा अध्यक्ष भइसकेका नेता हुन् एकीकृत समाजवादीका सम्मानित नेता खनाल सातौं पटकको प्रतिस्पर्धामा छन् उनले २०५६ बाहेकका सबै निर्वाचन जितेका छन् जटिल स्वास्थ्य उपचारपछि पुनर्जीवन पाएको बताउने खनाल चुनावलाई केन्द्रित गर्दै जिल्लामा सक्रिय छन् २०४८ सालमा राष्ट्रिय सभा सदस्य भएका नेम्वाङ भने २०५६ पछि इलाम–२ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन् उनले अहिलेसम्मका सबै चुनाव जितेका छन्

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण फराकिलो जित हात पारेका खनाल र नेम्वाङ दुवैलाई उस्तै नतिजा दोहोर्‍याउन यसपालि कठिन देखिन्छ खनाललाई एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले चुनौती दिँदै छन्  स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा सत्ता गठबन्धन बलियो देखिए पनि संसदीय चुनावमा त्यही दृश्य नदोहोरिने जोखिमले खनालमाथि दबाब थपेको छ स्थानीय तहको निर्वाचनपछि खनालले कांग्रेसविरुद्ध दिएको प्रतिक्रियाले कांग्रेस कार्यकर्ता रुष्ट बनेको र त्यसको असर मतपरिणाममा पर्न सक्ने आकलन पनि छ स्थानीय चुनावमा कांग्रेस माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीले इलाम–१ अन्तर्गतकै सूर्योदय नगरपालिकाको कार्यपालिका र जिल्ला समन्वय समिति निर्वाचनमा एमालेसँग तालमेल गरेर कांग्रेसका उम्मेदवारलाई हराउन सघाएको थियो

यकातिर झलनाथ खनाललाईँ सत्ता पक्ष कांग्रेसशी कार्यकर्ताबाट अन्तरघात हुने डर भएकोले उनीहरुको मन जित्नु प्रमुख चुनौति  छ भने अर्कोतर्फ सुवासचन्द्र नेम्वाङ्लाईँ पनि बलियो सत्ता पक्षिय गठबन्धनभएकोले गर्दा संघिय चुनाव जित्न चुनौति थपिएको छ ।


165 Views

Comments