कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

२३ असार, २०८१,११:००

२३ असार, धरान (सुनसरी) । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । अहिले बिहान ९ बजेसम्म कोशी ब्यारेजमा तीन लाख ६८ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए ।


404 Views

Comments