रेशम चौधरी र लक्ष्मण थारू दुवैको उम्मेदवारी निर्वाचन आयोगले गरिदियो खारेज

Bhugolpark

२६ आश्विन, २०७९,०६:५६

बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर  बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी पनि निर्वाचन कार्यालयले खारेज गरिदिएको छ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

उक्तकुरा 'निर्वाचन अधिकृतको कार्यालयलेसमेत यसबारे सूचना टाँस  गरिसकेको छ।'

उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले पनि पुष्टि गरे।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली मा उम्मेदवारी दिएका लक्ष्मण थारूको पनि उम्मेदवारी खारेज भइसकेको छ।

रेशम चौधरीले स्थापना गरेको पार्टीबाट लक्ष्मणले आगामी मंसिर गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका थिए। उनीविरूद्ध सोमबार धनगढी१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए। कर्तव्य ज्यान मुद्दामा दोषी ठर्याइ सजाय गरी निज फरार रहेको व्यहोरा उजुरीमा उल्लेख थियो। 

उजुरी उपर मंगलबार दुवै पक्षका सबुत प्रमाण मागेकोर सोका आधारमा उनीहरूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

रेशम चौधरी २०७४ जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर  बाट निर्वाचित भएका थिए।

पछिल्लो समय कारगारमै रहेपनि आफू संरक्षक श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टी खोलेका थिए।

रञ्जिता हाल कैलाली क्षेत्र नम्बर बाट प्रतिनिधिसभा सदस्यमा लड्न लागेकी छन्। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। उनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।


562 Views

Comments