राष्ट्रिय बिमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय

Bhugolpark

२५ आश्विन, २०७९,१२:२८

राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा मकवानपुरका दिनेश उपाध्याय नियुक्त हुनुभएको छ ।

हालै नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार उपाध्यायलाई ४ बर्षे कार्यकाल रहनेगरी नियुक्ती गरेको हो ।

 उहाँ नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् मकवानपुर जिल्ला सहकारी संघका सचिब समेत रहनुभएको उपाध्याय मकवानपुरका प्रभावशाली ब्याक्तित्वमा गनिनुहुन्छ ।

नियुक्तीपाएसंगै उपाध्यायले शुक्रबार कार्यभार समेत सम्हाल्नु भएको छ ।

बिमा क्षेत्रलाई समयानुकूल बनाई बिमा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न क्रीयाशिल हुने कुरा उहाँले बताउनुभयो ।


386 Views

Comments