‘नेपाल भाषा’ गुगल ट्रान्सलेटबाट अन्य भाषामा अनुवाद गर्न सकिने

१५ असार, २०८१,१२:५४

१४ असार,काठमाडौँ । गुगल ट्रान्सलेटले भाषा अनुवाद मात्र गर्दैन,त्यसलाई पढेर पनि सुनाउँछ । यसको उच्चारण कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । अहिले संसारका सय भाषामा यो सेवा उपलब्ध छ ।

भाषा अनुवादको शृंखलामा अब नेपाल भाषा पनि जोडिएको छ । गुगलले बिहिबार एक ब्लगमार्फत गुगल ट्रान्सलेटमा संसारको विभिन्न ठाउँमा बोलिने ११० वटा नयाँ भाषा थप गरेको जानकारी सार्वजनिक गरेको हो । तिनैमध्ये नेपाल भाषा पनि एक रहेको छ । कम्पनीले सन् २०२२ मा विश्वमा बोलिने भाषामध्ये २४ वटा भाषा गुगल ट्रान्सलेटमा समेटेको थियो ।

नेपाल भाषालाई पनि गुगल ट्रान्सलेटमा समेट्न लामो समयदेखि पहल हुँदै आएको थियो ।



305 Views

Comments