१३ असार,काठमाडौँ । राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गर्ने आरती रावल गिरीको प्रहरीले उद्धार गरेको छ । उनीले मंगलबार दिउँसो माइतिघर मण्डलामा झण्डा राखिएको पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन ।
आफ्नै पूर्व श्रीमानबाट बलात्कृत एवं घरेलुहिंसाको परेको भन्दै गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी उनले चैत २१ गते सर्वोच्च अदालत सरिसरमै विष सेवन गरेकी थिइन् । विष सेवन गरेकी उनलाई सर्वोच्च अदालत सरिसरबाटनै वीर अस्पतालमा उपचार गर्न लगिएको थियो । उनले प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई न्यायका लागि अपिल समेत गरेकी थिइन ।
अदालतले पूर्वन्यायाधिश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय हुने फैसला सुनाइसकेको छ । आरती भुवनकै पूर्वश्रीमती हुन् ।
Comments