सर्वोच्च अदालतद्वारा गण्डकी प्रदेश सांसद देवकोटाको पक्षमा फैसला

१३ असार, २०८१,१५:१८

१२ असार,काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सांसद फणिन्द्र देवकोटाको पक्षमा फैसला गरेको छ । अदालतको फैसलासँगै नेकपा (माओवादी केन्द्र) को कारवाहीमा परेका गण्डकी प्रदेश सांसद फणिन्द्र देवकोटाको सांसद पद जोगिएको छ ।

गण्डकी प्रदेशका नेपाल समाजवादीका प्रदेश सदस्य फणिन्द्र देवकोटाले दिएको रिटमा सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गर्दै भनेको छ- 'निवेदक देवकोटा गण्डकी प्रदेश सभामा निर्वाचित भएकोमा विवाद नरहेको, उनी नेपाल समाजवादी पार्टीसँग आबद्ध रहेको तथ्य देखिएको र नेकपा (माओवादी केन्द्र) ले निष्कासन गर्ने अधिकार नभएको' भन्दै इजलासले उनको पक्षमा आदेश दिएको छ ।

जेठ ३२ मा प्रदेश सभा सदस्यबाट हटाउने निर्णय कार्यन्वयन भएमा देवकोटाले ‘जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने देखिँदा’यो मुद्दाको टुंगो नलागेसम्म प्रदेश सभा सभामुखको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । देवकोटालाई गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा कार्यरत रहन दिनू भन्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ ।



266 Views

Comments