११ असार,काठमाडौँ । नेपालले सातौँ एसिया कपअन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सहभागी सबै जनाले पदक जितेका हुन् । नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको हो ।
पुरुष सिनियर ८० केजीमुनी रन्जित डंगौरा, ६८ केजीमुनी कुमार लवत र ५८ केजीमुनी प्रवीणजंग खड्काले स्वर्ण जितेका थिए । त्यस्तै पुरुष सब जुनियर ३३ केजीमुनी संयोग खड्का र क्याडेट महिलाको ३३ केजीमुनी सुसन्ध्या खड्काले स्वर्ण जितेका थिए ।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगितामा सब जुनियर पुरुष ३२ केजीमुनी रघुनाथ भण्डारीले रजत तथा यु-१२ एकल पुम्सेमा आभास देवले कांस्य पदक जितेका थिए ।
नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।
Comments