८ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापन कार्यक्रममा गाँजाबाट बनेका कपडा, जुत्ता,रुमाललगायत विभिन्न प्रकारका सामाग्रीहरूको स्टल राखिएको थियो ।
उक्त स्टलको प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका नेताहरूले अवलोकन गरेका थिए । स्टल राखेका एकजना व्यवसायी प्रदीप कार्कीले सरकारद्वारा प्रतिबन्धित गाँजाबाट बनेका सामाग्रीहरूको व्यवसाय जोखिम मोलेर गरिरहेको बताए ।
‘मलाई सरकारले यहीँबाट समातेर लान पनि सक्छ । तर मैले जोखिम मोलेर गाँजाबाट यस्ता उत्पादन गर्न सकिन्छ भनेर व्यवसाय गरिरहेको छु’, उनले बताए । उनले स्टल राख्नका लागि रास्वपाले सहयोग गरेकामा धन्यबाद दिएका छन् ।
अहिले रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । उनी मातहतका प्रहरी अहिले पनि जनताले लगाएको गाँजालाई लागुऔषध भन्दै उखेल्ने र समातेर कारवाही गर्ने अभियानमा लागेको छ ।
भूगोलपार्कले सो अवसरमा गाँजालाई किन वैध गर्नुपर्छ ? भनी गरिएका कुराकानीका सम्पादित अंश :
गाँजा नेपालमा प्राकृतिक रुपमा जंगलमा समेत पाइन्छ । नेपालको सबै हावापानीमा पाइने औषधीय गुणले भरिपूर्ण गाँजा खेतीलाई नीति नियम बनाएर तुरुन्त सरकारले खुला गर्नुपर्छ । जसरी ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्नेलाई दण्ड जरिवाना गर्छ ठिक त्यसैगरी गाँजाको दुरुपयोग गर्नेलाई सरकारले नीति नियम बनाएर कारवाहीको दायरामका ल्याउनुपर्छ भन्छन् गाँजा अभियन्ता। गाँजा अभियन्ता कुलत र अन्य आपराधिक गतिविधि गाँजाकै कारण प्रोत्साहित हुन्छ भन्ने पक्षमा छैनन् । उनीहरू संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा कानुनी दायरामा ल्याएर गाँजाको व्यावसायिक खेती हुने गरेकाले नेपालले पनि उनीहरूको अनुसरण गरेर आर्थिक लाभ लिन ढिला गर्न नहुने बताउँछन् ।
गाँजा अभियन्ताका अनुसार गाँजाको व्यावसायिक खेती गर्नाले हुने फाइदाहरू :
१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजको तेल बाट क्यान्सर जस्ता रोग निको हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन् ।
गाँजालाई व्यावसायीक खेती गर्न दिन नीति नियम बनाउँनुपर्छ भन्ने धेरै नागरिकको बुझाइ देखिन्छ । प्रधानमन्त्री र गृहमन्त्रीले गाँजाबाट उत्पादित सामाग्रीहरूको अवलोकन गर्नु एवं अवैध गाँजाबाट उत्पादित सामाग्रीको स्टल राख्दा पनि नसमाउँनु सरहानीय कुरा हो । अब तुरुन्त राज्यको ध्यान यसतर्फ जानुपर्छ र सरकारले बहुउपयोगी गाँजालाई वैध गर्न ढिला गर्न नहुने विभिन्न व्यक्तिहरूको भनाई पाएका थियौँ । अवैध भए पनि तस्करहरूले नेपालबाट गाँजा चोरीपैठारी गरेर हालसम्म अर्बौँ राजस्व छली गरेका छन् । त्यो बन्द हुने र नेपालको अर्थतन्त्रमा कायपलट हुने गाँजा अभियन्ताहरूको भनाई रहेको छ ।
Comments