काठमाडौं- ८ बाट गठबन्धनको साझा उम्मेदवार बनेका को हुन् जीवनराम श्रेष्ठ ?

Bhugolpark

२४ आश्विन, २०७९,११:४४

नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आइतवार काठमाडौं क्षेत्र नम्वर ८ स्थीत निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई श्रेष्ठले मनोनयनपत्र दर्ता गर्नुभएको हो । श्रेष्ठ संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ । उहाँले २०७९ असार १३ गते राष्ट्रपतिसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई कार्यभार सम्हाल्नुभएको थियो । 'जीवनराम श्रेष्ठ' राजधानी काठमाडौंको एक कर्मठ राजनीतिक योद्धाका रुपमा स्थापित नाम हो । उहाँ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष समेत हुनुहुन्छ ।

बुबा कृष्णराम श्रेष्ठ र आमा बसन्तमायाको सन्तानका रुपमा उहाँको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको थियो । विद्यालयमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्रामा महत्वपूर्ण मोडका रूपमा स्थापित भए । युवा उमेरमा नै उहाँ वामपन्थी– लोकतान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा उहाँको सक्रिय सहभागीता रह्यो ।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यसको कार्यकर्ताको रूपमा उहाँको सङ्गठित राजनीतिक जीवन आरम्भ भयो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित हुनुभयो र २०४२ सालदेखि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनमा सहभागि हुँदै उहाँलाई युवा नेताका रुपमा स्थापित गर्दै लग्यो । तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार जस्ता जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने क्रममा उहाँले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलन अघि बढाउने क्रममा 'लोकतन्त्रका निम्ति सङ्घर्षरत कार्यकर्ता'का रूपमा आफ्नो पहिचान विस्तार गर्नुभयो । यसक्रममा विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभयो । २०४७ सालमा स्थापित प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उहाँ २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष सम्म भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिकामा रहनुभयो । जनताको साथ र  माया पाएर उहाँ राजनीतिमा स्थापित हुँदै अघि बढ्नुभयो । २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । यस जिम्मेवारीले उहाँलाई जनताको समस्याहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने बिषयमा पारंगत बनायो । उहाँको कार्यकालमा तत्कालिन समयमा विकासमा निकै पछाडि परेको वडा नं १५ मा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भएका थिए भने डल्लु आवास योजनाले मुर्त रुप लिएको थियो । त्यससमय काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाको समेत वडाध्यक्ष भइ कार्यभार सम्हाल्नुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उहाँले कुशलतापूर्वक सम्पन्न गर्नुभयो । २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भइ काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी पुरा गर्नुभयो । उहाँ २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट लोकप्रिय मत सहित दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई समर्पित गर्नुभएका श्रेष्ठ जनसरोकारका अन्य विषयमा आफूलाई सक्रिय बनाउँदै अघि बढ्नुभयो । संसदीय निर्वाचनमा पनि उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । स्थानीय सरोकारका विषयमा जानकार तथा समग्र निर्वाचन क्षेत्र विकासमा भएको सक्रियता र इमानदारीको कदर गर्दै २०७४ को आम निर्वाचनमा पार्टीले वाम गठबन्धनका तर्फबाट उहाँलाई काठमाडौं- ८ बाट संघीय प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो र उहाँले लोकप्रिय मतसहित विजय हाँसिल गर्नुभयो । संसद सदस्यका रुपमा संसदभित्र उहाँले खेल्नुभएको भुमिका सबैका लागि स्मरणीय छ ।

श्रेष्ठ २०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । पार्टीका दुई अध्यक्षमध्ये एक केपी शर्मा ओलीले पार्टीलाई नीति र विधि अनुसार नचलाउने र असंवैधानिक ढङ्गले २०७७ पुस ५ र २०७८ वैशाख ११ गते प्रतिनिधिसभा बिघटन गरेपछि मुलुकलाई प्रतिगमनतिर लैजाने गलत कृयाकलाप विरुद्ध संघर्षमा होमिएर संविधान र लोकतन्त्रको रक्षा गर्न र संसदको पुनर्स्थापनाको पक्षमा सक्रिय भुमिका खेल्नुभयो । उहाँ २०७८ भदौ ९ मा कम्युनिष्ट आन्दोलनको पुनर्गठन स्वरुप स्थापना भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सचिवको जिम्मेवारीमा रहनुभयो ।

नेपालको खेलकुद क्षेत्रमा जीवनराम श्रेष्ठ स्थापित नाम हो । पार्टी भित्र खेलकुदका मुद्धा प्रवेश गराउन उहाँको अग्रणी भूमिका छ । उहाँ २०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव नियुक्त हुनुभएको थियो । ६ महिनाको छोटो कार्यकालमा उहाँले सम्झनायोग्य कार्यहरु गर्नुभयो । उहाँले चीन सरकारको सहयोगमा आठौं साफ खेलकूद प्रतियोगिताको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । ललितपुरको सातदोबाटोमा निर्मित अन्तर्राट्रिय प्रतियोगिता गर्न सकिने स्विमिङ्गपुल, सुटिङ्ग रेञ्ज, त्रिपुरेश्वरस्थित रंगशाला र अन्य खेलमैदानको स्तरवृद्धि उहाँकै योगदानको परिणाम हो । उहाँकै अग्रसरतामा नेपालका ओलम्पियन तथा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गरेर खेलाडीहरुलाई प्रोत्साहित गर्ने कार्यको प्रारम्भ गरिएको थियो । उहाँ दोश्रो पटक २०६३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिवको जिम्मेवारीमा रहंदा  १० वर्षसम्म संचालन हुन नसकेको पाँचौ राट्रिय खेलकूद प्रतियोगिता काठमाडौंमा सम्पन्न गर्न सफल हुनुभयो । श्रेष्ठले मुलुकमा पहिलो पटक स्पोर्टस एकेडमी स्थापना गर्ने पहल गर्नुभयो र स्पोर्टस हस्पिटल स्थापनाको योजना पनि अघि बढाउनुभयो । साथै उहाँले खेलकुलको चौतर्फी विकासको योजना र दृष्ट्रिकोण सहित 'भिजन २०२०' को योजना पनि अघि सार्नुभयो । तर उहाँले सरकार परिवर्तनसँगै 'लोकतन्त्रिक मुल्य मान्यता र संस्कारको विकासका लागि' भन्ने भन्ने कारण सहित २०५४ र २०६७ सालमा सदस्य सचिव पदबाट राजीनामा गर्नुभयो । तत् पश्चात् उहाँ नेपाल ओलम्पिक कमिटीको दुई पटक निर्वाचित महासचिव रही हाल दोस्रो पटक निर्वाचित अध्यक्ष हुनुहुन्छ भने नेपाल स्की संघको पनि अध्यक्ष हुनुहुन्छ ।

उहाँले आफ्नो जीवन नै देश, जनता र श्रमजीवि जनताको मुक्तीका लागि समर्पित गर्नुभएको छ । स्थानीय राजनीतिबाट प्रशिक्षित उहाँ काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिनुहुन्छ । उपत्यकाका जनताको अधिक सरोकार रहेको गुठी विधेयकको विरुद्धको आन्दोलनमा उहाँको सक्रिय सहभागिताले जनताको सरोकारका विषयमा आफ्नै पार्टीको विपक्षमा पनि उभिनसक्ने नेताका रुपमा उहाँ परिचित हुनुहुन्छ । काठमाडौंको सांस्कृतिक बैभवको संरक्षण, भौतिक पूर्वाधारको विकास र स्थानीय जनताका भावनाको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउन जीवनराम श्रेष्ठ निर्बिकल्प व्यक्तित्व हुनुहुन्छ । वातावरणीय प्रदुषणले आक्रान्त बनाउदै लगेको उपत्यका र जनसंख्याको चापले थिलोथिलो बनेको शहरलाई कसरी व्यवस्थित र जीवन्त शहरको रुपमा उठाउने भन्ने अर्को चुनौती काठमाडौले बोकेको छ । नगरपालिका, प्रादेशिक सरकार र केन्द्रीय सरकारबीच समन्वय र तालमेल गर्न सक्ने क्षमतावान र अनुभवी राष्ट्रिय नेतृत्वको आवश्यकता यस क्षेत्रले महसुस गरेको छ । काठमाडौंको जनताको भावना बुझ्दै, यहाँका जनताको बीचमा लोकप्रियता र सफलता हाँसिल ग


115 Views

Comments