५ असार,काठमाडौँ । आरती रावल गिरीले आफू लैंगीक हिंसा पीडित भएको भन्दै कानुनी उपाचारका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सहयोगका लागि अपिल गरेकी छिन् । उनीले आफ्नो विषय बारे बताई १७ जेष्ठ २०८१ मा सहयोगको अपिल विषयको निवेदन आफ्नो समर्थक सागर जोशीको इमेल solesagar@gmail.com बाट info@opmcm.gov.np मार्फत १८ जेष्ठ २०८१ मा प्रधानमन्त्री कार्यालय पठाएको जानकारी भूगोलपार्कलाई दिएकी छिन् । उनले राष्ट्रपतिको कार्यालयमा पनि अपिल गर्दा त्यहाबाट यस कार्यालयलाई १८ जेष्ठ २०८१, चलानी नः २४९ भएको पत्र पठाएको जानकारी पाएको बताएकी छिन् ।
उनीले यसबारे के काम गरिएको छ जान्न सूचनाको हक सम्बन्धी एन २०६४ को दफा ३ को प्रयोग गरी निवेदन प्रस्तुत गरेको बताइन । उनीले आफ्नै श्रीमान् जिल्ला न्यायाधीश भुवन गिरीले आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन, कुटपिट गरेको बताइन । “आफ्नै पतिले बलात्कार गरेपछि आफू शारीरिक, मानसिक र भावनात्मक रुपमा ध्वस्त भएकी थिए तर पनि मैले लड्ने निर्णय लिए” भनेकी छिन् । आफूले ठुलो हिम्मत गरी पति विरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे र कपिलवस्तु जिल्ला अदालतले ०७९ चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो पक्राउ पुर्जी जारी गरेपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका बताइन।
“यही क्रममा ०७९ चैत २७ गते मेरो सामाखुसीस्थित डेरामा पुगेर आफूलाई बलात्कार गरे । यसविरुद्ध मैले प्रहरीमा जाहेरी दिइन्। जिल्ला अदालत काठमाडौंमा २०८० वैशाख १७ गते बलात्कार कसुरमा मुद्दा दर्ता भयो। कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा वैशाख १५ गते दर्ता भइसकेको थियो। तर दुवै अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए र पाटन उच्च अदालतले पनि सोहि निर्णय सदर गर्यो । पीडक छुटेपछि प्रमाणहरू नष्ट हुने मुद्दा फितलो हुने र मुद्दा किनारा लगाउन ढिलाइ भइरहेको भन्दै मैले ०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिए। गृह मन्त्रालयले मातहतका निकायबाट सहजीकरण गर्ने सहमति गरेपछि अनशन तोडेको थिए” भन्दै उनले कारवाहीको लागि अपिल गरेकी छिन् ।
Comments