रेशम चौधरीले जेलबाटै गरे मनोनयन दर्ता

Bhugolpark

२४ आश्विन, २०७९,११:३३

रेशम चौधरीले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि जेलबाटै उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक उम्मेदवारी दर्ता उनका वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको थियो ।

चौधरी २०७४ को निर्वाचनमा कैलाली निवाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।उक्त समयमा उनी जसपाबाट चुनाव लडेका थिए ।

अहिले उनले आफ्नो संरक्षकमा श्रीमती अध्यक्ष हुने गरी नागरिक उन्मुक्ति पार्टी खोलेका छन् ।

यो पटक उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दियामा चुनाव लड्दै छन् । कैलालिको क्षेत्र नम्बर १ बाट उनकी श्रीमती रंजिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य तर्फ चुनावी प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्चअदालत दीपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन विताइरहेका छन् ।

स्मरणरहोस, हाल उनको मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ ।


114 Views

Comments