नेपालमा वैधानिक तरिकाले  गॅाजाको खेती गर्न सके अर्थतन्त्रमा कायपलट हुन्छ : भीम

३१ जेष्ठ, २०८१,१२:५३

३१ जेठ,काठमाडौँ । हामी नेपाली सुनको कचौरा बोकेर भिख माग्न बसेका छौँ भन्दै नेपालको तिब्र विकासका लागि गॅाजाको विकल्प नभएको पूर्वसचिव भीम उपाद्यायले बताउनुभयो । उहाँले नेपालको गाँजा आषधीय गुणले भरीपूर्ण भएकाले पहिला पहिला युरोप, अमेरिकालगायत विश्वभरी बिक्रि हुने गरेको हामीलाई स्मरण गराउँनुभयो । त्यस्तै उहाँले “गाँजाले ‘ए टु जेड’ रोगलाई निको पार्ने बताउँदै गाँजामा नशा छ तर सबै गाँजामा नशा हुँदैन् भन्नुभयो।

पूर्वसचिव भीम उपाध्यायले देश र जनाताको पक्षमा कलम चलाएर नेतालाई खवरदारी गर्दै जनतालाई हक र अधिकारको बारेमा सुसूचित गर्ने गर्नुभएको छ । उहाँ तस्करीतन्त्रको अन्त्य गरी निमुखा नेपाली जनताको हितका लागि गाँजाको व्यावसायिक खेती गर्न तुरुन्त सरकारले नीति नियम बनाउँनुपर्ने कुरामा जोड दिनुहुन्छ । उहाँ निजामति सेवाबाट अवकास पाएपछि हाल अहोरात्र परोपकारी काम र समाजसेवामा तल्लिन हुनुहुन्छ । सरल स्वभाव भएका मुर्धन्य व्यक्ति पूर्वसचिव इन्जिनीयर भीम उपाध्यायसँग भूगोलपार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश:

गाँजा भनेको के हो ?

परापूर्वकालदेखि हिन्दुहरूको आराध्यदेव शिवजीले सेवन गर्ने औषधीहरूको राजा (अमृत) हो । आध्यात्मिक रुपमा शिव भगवानको प्रसादको रुपमा प्राचिनकालदेखि गाँजा सेवन गर्ने चलन थियो । यसको विधि पूर्वक सेवन गरेको खण्डमा सम्पूर्ण रोगको निधान गर्ने कुरा विज्ञानले पुष्टि गरिसकेको छ । यसको सेवन गर्नाले मानसिक तनाव कम गर्छ । गॅाजा लागू पदार्थ हैन, यो महाऔषधी हो । यसको सही तरिकाले औषधीको रुपमा मात्र मिलाएर खाएमा धेरै फाइदा हुन्छ ।

गाँजाले कुन कुन रोगलाई निर्मूल पार्छ ?

लामो समयदेखि युरिक एसिड पीडित बिरामीले गाँजाको पात खाएर नै रोगलाई निर्मूल पार्न सक्छन् । वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ। हाम्रो मानव शरिरमा पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली आदि भएझैँ हाम्रो शरिरमा आन्तरिक गाँजा प्रणाली पनि हुन्छ । गाँजाको सेवनबाट मात्र सो प्रणाली सक्रीय हुन्छ र मानव शरिरलाई फाइदा पुर्याउँछ । स्लीपिङ ट्यावलेट खाएर निदाउँनुपर्ने विरामीले समेत गाँजाको चिया सेवन गरेर सजिलै निदाउँन सक्छन् । यसले शरिरलाई कुनै हानीनोक्सानी गर्दैन । गाँजाको सेवनले रोग निको हुनेमात्र नभएर पुन: रोग नै लाग्दैन । गाँजालाई औषधीको रुपमा प्रगोग गरेको खण्ड साधारण रोग देखि गम्भीर प्रकृतीको रोगलाई निको पार्छ ।

डा पन्ना बहादुर थापा KU मा फार्मेसीका (ड्रग डेलिभरी तथा फर्मुलेसन) प्रोफेसर हुनुहुन्छ । उहाँले समेत गाँजाबाट पाइने फाइदाको विषयमा भिडियो नै बनाउँनु भएको छ । १ लिटर गाँजाको तेलको अहिले बजार मूल्य १ करोड छ । वैज्ञानिकहरूले के प्रमाणित गरी सकेका छन् भने मेडिकल डक्टरले दिएको दवाईले रोग कम गर्छ, रोगको निर्मूल पार्दैन तर गाँजाको सेवन औषधीका रुपमा गरेको खण्डमा रोग निर्मूल पार्छ ।

गाँजाको सेवन कसरी गर्नुपर्छ ?

गाँजाको सेवन औषधीका रुपमा वाफ लिएर र पातको ग्रीन टि पिएर गर्न सकिन्छ । गाँजाको पातको चिया सेवन गरेमा मानसिक थकान कम गर्छ र निन्द्रा लाग्छ । नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ। औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गर्न सकिन्छ। कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ ।

नेपालमा वैधानिक तरिकाले गॅाजाको खेती गर्न सके अर्थतन्त्रमा कसरी कायपलट हुन्छ ?

नेपालको गाँजा स्वयं ब्राण्ड हो, ब्राण्डिंग गर्नै पर्दैन, नेपालको गाँजा विश्व प्रसिद्ध छ । हाम्रो ईकोलजीको यही विशेषता छ । नेपालमा मात्र औषधीय गुणले भरिपूर्ण गाँजा पाइन्छ । झन नेपालको २१०० मिटरभन्दा माथिको जंगलमा पाइने गाँजाको माग विश्व बजारमा छ । हालसम्म नेपालमा गाँजाको अनुसन्धान एक प्रतिशत मात्र भएको छ । तर विश्वका गाँजा विशेषज्ञहरूले नेपालको गाँजालाई विना ब्राण्ड निर्यात गर्न सकिने भनेका छन् । एक सयभन्दा बढी औषधिमा कुनै न कुनै मात्रमा गाँजामा पाइने तत्व मिसाइएको हुन्छ ।

गाँजा खेतीमा प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनु पर्छ र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनु पर्छ । यसो गर्न सकेको खण्डमा दुरदराज गाउँका कृषकको आम्दानीको मुख्य श्रोत गाँजा खेती बन्न पुग्छ । कृषकलाई गाँजा खेती गर्न अन्नवालीको झैँ धेरै मिहिनेत गर्नु पर्दैन । रुखो पाखो जग्गामा पनि उनीहरूले खेती गरी सजिलै प्रशस्त आम्दानी गर्न सक्छन् ।

रोजगारिका लागि विदेशीएका नेपालीहरू गॅाजाको खेतीलाई वैध गरेमा स्वदेशमा नै फर्कने छन् । गाँजाको गेडा र पातबाट औषधी बन्छ भने बोट र डाठबाट कपडा, झोला,मोजा,सल,पर्दा आदि बनाएर नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ । नेपालमा गाँजा खेतीको प्रचुर सम्भावना भए पनि गाँजाको कच्चा पदार्थ अहिले नेपालमा विदेशबाट आयात गर्नुपरेको छ । यतिमात्र नभएर गाँजालाई वैध गर्न सकेमा २२ खर्ब स्वदेशी तथा विदेशी ऋण सरकारले केही वर्षमा नै तिर्न सक्छ । कालान्तरमा हामी नेपालीहरूले विदेशीहरूलाई रोजगारी दिन समेत सक्ने छौँ । यसतर्फ सरकार र हरेक नेपालीहरूले ध्यान दिन अत्यन्त जरुरी देखिन्छ ।

युरोप, अमेरिका, क्यानाडा लगायतका मुलुकमा गॉजा खान वैध गरिएको छ । त्यहॉ मदिरा सेवन घटेको पाईएको छ र मदिराका कारणले हुने सडक दुर्घटनाहरू पनि निकै घटेको अध्ययनले देखाएको छ । गाँजाको विभिन्न उत्पादन गर्न सक्षम उच्च प्रविधियुक्त मेसिन जुन हालसम्म जापानमा मात्र पाइन्छ । जापानका व्यापारी एवं प्रतिष्ठित कम्पनी नेपालमा गाँजा खेतीलाई नेपाल सरकारले वैधानिकीकरण गर्ने वितिक्कै नेपालमा लगानी गर्न आउँन तयार छन् । तर विडम्बना गाँजा बारे सुनियोजित रुपमा भ्रम फैलाएर अवैध तरिकाले गाँजाको तस्करी गर्ने केही व्यक्तिहरूले देशलाई टाट पल्टाइ रहेका छन् ।

गाँजा कसरी वातावरणमैत्री छ भन्न सकिन्छ ?

गाँजाको कपडा लगाउदा गर्मीमा चिसो र चिसोमा तातो हुन्छ । यसबाट उत्पादित सामान अन्य सामानभन्दा दशौँ गुणा टिकाउ हुन्छ। नेपालमा गाँजाबाट उत्पादन हुने कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ । प्राणी जगतको प्राण वायु अक्सिजन रुखबाट पाइन्छ । रुख हुर्कन २०/३० वर्ष लाग्ने गर्छ । तर गाँजाको बोट हुर्किन ४ महिना पर्याप्त हुन्छ । गाँजाको १० वटा बोटले अन्य १०० वटा रुखले भन्दा बढी अक्सिजन दिन्छ । गाँजा खेती ४ महिना गरेर बाँकी ८ महिना अन्य खेती गर्न सकिन्छ । गाँजा रुखोपाखो जस्तो सुकै ठाउँमा सजिलै हिमाल, पहाड, तराईमा गर्न सकिन्छ ।

नेपालमा गाँजा खेतीलाई वैधानिकिकरण गर्न किन ढिलो गर्न हुँदैन् ?

विगतमा विश्वका पर्यटकहरूले नेपालमा उत्पादन भएको गाँजामा प्रचुरमात्रमा आषधीय गुणले गर्दा धेरै मनपराएर किने र लाने गर्थ्ये । नेपालमा गाँजा तेस्रो देशमा उल्लेख्यमात्रमा निर्यात हुन्थ्यो । जसले गर्दा देशको प्रमुख आम्दानीको स्रोत नै गाँजा थियो । गाँजाको ठेक्का पट्टा हुन्थ्यो । विदेश निर्यात हुन्थ्यो । तर हाम्रो देशका नेता जानीनजानी मालिकले जे भन्यो त्यही मान्ने कारिन्दा बन्दै गए । अझैँ पनि उनीहरू माफियातन्त्रलाई निर्मूलपारी देश विकासका लागि नेपालमा गाँजा खेतीलाई वैधानिकीकरण गर्न वोल्ड डिसिजन गर्न आलटाल गरी रहेका छन् । तर जनता अब चुपलागेर बस्नेवाला छैनन्,नेता भन्दा जनता बाठा भइसकेका छन् । यदि सरकार र ठुला दलहरूले गाँजालाई वैधानिकिकरण गर्न नीति नियम नल्याएको खण्डमा आगामी निर्वाचनमा जनताले उनीहरूलाई पराजित गर्ने छन् ।

गाँजा खेतीलाई वैधानिकिकरण गरेको खण्डमा संगठित अपराधिक गिरोह सक्रिय हुन्छन् भन्नेहरू पनि छन् । यस विषयमा यहाँको धारणा के छ ?

ट्राफिक नियम उलंघन गर्छन् भनेर के सरकारले सवारी चालक अनुमति पत्र नदिने हो, त ? पक्कै पनि हैन । जसरी ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्नेलाई दण्ड जरिवाना गर्छ, ठिक त्यसैगरी गाँजाको दुरुपयोग गर्नेलाई पनि सरकारले नीति नियम बनाएर कारवाहीको दायरामका ल्याउनुपर्छ । कुलत र अन्य आपराधिक गतिविधि गाँजाकै कारण प्रोत्साहित हुन्छ भन्ने पक्षमा म छैन्। संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा कानुनी दायरामा ल्याएर गाँजाको व्यावसायिक खेती हुने गरेकाले नेपालमा पनि उनीहरूको अनुसरण गरेर आर्थिक लाभ लिनसक्नुपर्छ।

अन्तर्वार्ताको बाँकि भागहरू क्रमश: सम्पादन गर्दै जानेछौँ । पढ्न नभूल्नुहोला ।


943 Views

Comments