सीजी फुड्स लिमिटेडद्वारा नेपाल क्रिकेट संघ (क्यान)लाई रू ६० लाख सहयोगको घोषणा

२८ जेष्ठ, २०८१,१४:११

२८ जेठ, काठमाडौँ । सीजी फुड्स लिमिटेडले महिला अन्डर-१९ टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई रू ६० लाख सहयोगको घोषणा गरेको छ । विगत २० वर्षदेखि नेपाली क्रिकेट विकासका लागि सहकार्य गर्दै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागिता जनाउँन सफल भएको अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाल क्रिकेट टिमलाई प्रोत्साहन स्वरुप ‘वाइ वाइको क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको जनाएको छ ।

विगत लामो समयदेखि पुरुष अण्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन वापत रू ३० लाख तथा क्रिकेट गतिविधि सञ्चालनको लागि रू ३० लाख गरी जम्मा रू ६० लाख नेपाल क्रिकेट संघ (क्यान)लाई सहयोग गर्ने घोषणा गरेको हो । आज पत्रकार सम्मेलनको अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागि राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८ मा पुग्न सफल भएमा रू ३० लाख तथा समग्र नेपाली टिमको मनोवल उच्च बनाउने उदेश्यले प्रत्येक रन वापत रू १ हजार, प्रत्येक चौका वापत रू ८ हजार, प्रत्येक छक्का वापत रू १२ हजार, प्रत्येक विकेट वापत रू १५ हजार, प्रत्येक अर्धशतक वापत रू ५० हजार, प्रत्येक शतक वापत रू १ लाख र नेपालि टिमको प्रत्येक जितमा रू १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ । उक्त समारोहमा नेपाली राष्ट्रिय टिम दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागि हुन सफल भएकोमा सीजी फुड्स नेपाल लिमिटेडले नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।



159 Views

Comments