राष्ट्रिय खेलकुदलाई लक्षित गरेर एन्टि डोपिङको प्रशिक्षण

Bhugolpark

२४ आश्विन, २०७९,०७:५३

काठमाडौं– नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको दुई दिने एन्टि डोपिङ परीक्षणको प्रशिक्षण सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक एन्टी डोपिङको परीक्षण हुनेछ ।

परीक्षण कार्यक्रममा सात प्रदेश, सेना, प्रहरी तथा एपीएफका ३० जनाको सहभागिता रहेको थियो । त्यसमा चिकित्सक र नर्सले भाग लिनु भएका थिए । वाडा तथा सारडोका इन्स्ट्रक्टर तथा ट निमा ग्याल्सेनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ ।

कार्यक्रमका अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा एन्टी डोपिङ परीक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउनु हुँदै यस प्रशिक्षणले त्यसको पूर्ति हुने मदत पुग्ने बताउनु भयो । उहाँले नेपाली खेलकुदमा ‘क्लिन स्पोर्टस’ मा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा एन्टी डोपिङ परीक्षण हुने हुँदा त्यसमा सजग हुन आवश्यक रहेको बताउनु भयो ।

प्रशिक्षण शनिबार सुरु भएको थियो । नवौं राष्ट्रिय खेलकुदका लागि चिकित्सक नविशमान सिंह प्रधानको अध्यक्षमा एन्टी डोपिङ कमिटी समेत गठन गरिएको छ ।


150 Views

Comments