कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे

२७ जेष्ठ, २०८१,१३:०६

२७ जेठ, दैलेख । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसेका छन् ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका-९ बाट दैलेखको आठबीस नगरपालिका-४खिड्कीज्यूला बजारमा दैनिक उपभोग्य सामाग्री लिनका लागि खच्चड आउँदै थिए ।

प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् । लठ्ठा चुँडिदा १४ वटा खच्चडहरू एकातर्फका ढल्किएको पुलको जालिमा खुट्टाहरू अडिएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनील दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राकमबाट पठाइएको तर अझैँ पनि टोली घटनास्थलमा पुगिनसकेको बताएका छन् ।


275 Views

Comments