मोदीको शपथमा प्रधानमन्त्री जाने

२६ जेष्ठ, २०८१,१२:४७

२६ जेठ,काठमाडौँ । भारतमा तेस्रो कार्यकाल प्रधानमन्त्री हुन लाग्नु भएको नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित ५ जना सहभागी हुने भएका छन् ।

मन्त्रिपरिषदले भारत जाने टोलीको नाम तय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताए । प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् । मोदीको भोलि आइतबार शपथ हुँदैछ ।


267 Views

Comments