२५ जेठ, जनकपुर । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त गरेकी छन् । ६ दलका ५५ जना सांसदको समर्थनमा उनी मधेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ लिएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पुर्वाधार विकास,राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका छन् । साथै एमालेकी शारदादेवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।
नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी नेता मन्त्री नियुक्त भएका छन् । नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद विमला अन्सारी गृह सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।
Comments