‘कान्स फिल्म फेस्टिबल २०२४’ मा म छनोट भएर पनि सहभागिता जनाउन पाइन'- लुनिभा: तुलाधर

२३ जेष्ठ, २०८१,१६:४४

२३ जेठ,काठमाडौँ । लुनिभा: तुलाधरले रङ्गमञ्चमा अभिनयका अलवा रेडियो-टेलिभिजनमा विभिन्न कार्यक्रमको प्रस्तुताका रुपमा काम गर्नुभएको थियो । उहाँले दर्जनौँ नेपाली चलचित्रमा पनि अभिनय गरिसक्नु भएको छ । यहि २०२४ मा दुई वटा फिल्म ‘द शेमलेस’ फेन्च प्रडक्सन हिन्दी भाषामा र ‘द टाइगर नेस्ट’ सिकिम भारतको फिल्ममा उहाले अभिनय गर्नुभयो । जुन ‘कान्स फिल्म फेस्टिबल २०२४’ मा छनोट भएको थियो । उहाँले पतिको साथसहयोगमा कलाकारिता क्षेत्रमा अभिनय गरेको पनि दशकौँ भइसकेको छ । पहिलाभन्दा थोरै सेवासुविधामा वृद्धी भए पनि जीविकापार्जनको लागि पर्याप्त छैन् भन्नुहुन्छ लुनिभा । उहाँले असन्तुष्टि पोख्दै भन्नुभयो “मैले राज्यलाई लाखौँ कर र अन्तशुल्क तिरेकी छु । तर राज्यले कलाकारहरूलाई कल्याण्डकारी कोष मार्फत हाल दिँदै आएको ४ हजार अपुग हुन्छ।”

उहाँ कलाकारको सुरक्षाको ज्ञारेन्टी राज्य र नियामक निकायले लिनुपर्ने बताउँनुहुन्छ । कोरना महामारीको समयमा नाम चलेका कलाकारहरूले समेत जीविकोपार्जन गर्न नसकेर कति कलाकार अभिनय क्षेत्रबाट विस्थापित भएका छन् । त कति कलाकारले कष्टकर जीवन भोगिरको पनि देखेको बताउँनुहुन्छ ।

आधुनिक दासत्वको सहजीकरण, कमलरी प्रथाको अन्त्य, चेलीबेटी बेचविखनको विरुद्ध आवाज उठाउँनुभएकी प्रष्ट वक्ता वहुप्रतिभाकी खानी लुनिभा: तुलाधरसँग भूगोलपार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

कान्स फिल्म फेस्टिबल २०२४ मा नेपालबाट छनोट भएर पनि किन फ्रान्स जानुभएन् ?

कान्स फिल्म फेस्टिबल २०२४ मा मैले अभिनय गरेको फिल्मबाट म छनोट भएकी थिए । काठमाडौँका मेयर शाह उक्त कार्यक्रममा जानु भएको देख्दा खुशी लाग्यो । तर उहाँले मलाई आर्थिक सहयोगको त के कुरा एक कल फोन गरेर बधाई समेत दिनुभएन । कलाकारहरूको हक हितमा खुलेका संगठनहरूले समेत आफूलाई उपेक्षा गरे । यो सम्झदा राष्ट्रको गहना कलाकारमाथि हुने गरेको विभेद देखेर भने दु:ख लाग्छ । यदि म नेता वा कलाकारको नजिकको मानिस भइदिएको भए उक्त कार्यक्रममा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थासहित जाने चाँजोपाँजो मिलाइदिने थिए भन्ने लाग्छ । जवकी उक्त कार्यक्रममा जान १० लाख जति रकम लाग्ने थियो । विकसित देशमा त्यस्ता कलाकारहरूको आउन जान र विभिन्न उत्कृष्ट सेवा प्रदान गरिन्छ ।

तपाईलाई रेडियो र टेलिभिजन कुनमा कार्यक्रम प्रस्तुता गर्न सजिलो लाग्छ ?

रेडियोमा कार्यक्रम प्रस्तुत गर्दा श्रृंगार-पटारका साथ हाउभाउ कम गरे हुने भएकाले सजिलो त पक्कै पनि रेडियोमा कार्यक्रम प्रस्तुत गर्दा हुन्छ । मैले टेलिभिजनबाट बागलुङका महिलाले बोल्ने टिपिकल भाषा प्रयोग गरेर ‘द पवनकली शो’चलाए । गाउँको साधारण परिवारको कथावस्तुलाई प्रस्तुत गरेर मैले गाउँकी सोझी नारी छलकपट नभएकी तर बोल्न नजान्ने कलाकारको अभिनय गरेको थिए । रेडियोमा कार्यक्रम चलाउँदा भन्दा गाह्रो भयो तर आम दर्शकले रुचाएर पवनकली भनेर चिन्दिनुभएकोमा खुसी लाग्छ ।

तपाईलाई रंगमञ्चमा नाटकको प्रहशन गर्न सजिलो लाग्छकी चलचित्रमा अभिनय गर्न ?

रंगमञ्चमा नाटकको प्रहशन गर्दा आफूलाई गर्न भनेको अभिनय गरे पुग्छ तर निर्देशकले दिएको डाइलग घोकेर बोल्नु पर्ने र सिचुयसनअनुसार तुरुन्त हाउभाउ र डाइलग फेर्नुपर्ने भएकाले चलचित्रमा अभिनय गर्न गाह्रो लाग्छ ।

तपाई रंगमञ्चमा नाटकको प्रहशन गर्ने कलाकार कसरी चलचित्रमा अभिनय गर्न पुग्नुभयो ?

मलाई फिल्ममा दयाहाङ राई दाइले ल्याउनु भएको हो । ‘वल्ड थिएटर डे’ कै दिन मलाई दया दाइले मेरो अपोजिटमा फिल्म खेल्छौँ ? भन्नुभयो । दया दाइले फिल्मको स्क्रिप्ट थमाइदिनुभयो । मैले ‘छड्के’मा दया दाइको जोडी बनेर अभिनय गरे । त्यसपछि ‘कर्कस’मा कलाकारहरूलाई वर्कशप दिँदै गर्दा त्यही फिल्ममा दया दाइको जोडी बने । दयादाइसँग घरभेटीको भूमिका थिए । अर्को फिल्म ‘नागबेली’मा पनि घरबेटीको भूमिकामा दया दाइको जोडी बने । लकडाउनअघि बन्ने घोषणा गरेको ‘के घर के डेरा’मा पनि मेरो चरित्र घरबेटीकै थियो । मैले अधिकांश फिल्ममा घरबेटीको अभिनय गरेकीले गर्दा काठमाडौँकी छोरी पर्दामा घरबेटीको भूमिकाले दर्शकहरूले घरबेटीका रुपमा चिन्ने गर्छन् ।

मैले दया दाइसँग २०७७ सालमा 'शिरसुबा' फिल्ममा खेले । झरना थापाले निर्देशन गर्नुभएको ‘ए मेरो हजुर-४’ मा मलगायत अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाललगायत कलाकारले अभिनय गरेका छौँ । प्रेम कथामा आधारित रहेर निर्माण भएको फिल्म सुनील कुमार थापाले निर्देशन गर्नुभएको थियो ।

मेरो निर्देशनमा नयाँ गीत ‘सुनैको काङ्ग्यो’ मञ्जुलको शब्द तथा प्रतिमा राजभण्डारीको स्वर एवं राजु तुलाधरको संगितमा बनेको थियो । राजु तुलाधर मेरा पिता हुनुहुन्छ । गीतको भिडियोमा मैले मान्यता छोडेर बिहेको तयारीमा रहेकी चेलीको मर्मलाई अभिनय गरेकी छु । मैले कवर्डी फिल्ममा रुने सिन थियो । कवर्डी फिल्म नाटकको माइलोले सुसाइड गर्नुभयो । त्यो सम्झेर घान्द्रुकमा म धेरै रोए । बल्ल तल्ल आफूलाई समाले नत्र त्यहाँ २०० जनाको विजोक हुने थियो ।

अर्को एक कार्यक्रमको सुटिङमा व्यस्त थिए । सो कार्यक्रम सकेर म निस्किएको मात्र थिए, मलाई लिन मेरा श्रीमान आउँनुभएको रहेछ । पछिथाहा भयो मेरो हजुरबुबा बितेकाले मलाई लिन आउँनुभएको रहेछ । कलाकारहरूले जस्तो सुकै विपतिमा पनि आफूलाई समालिनुपर्दोरहेछ । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । निर्देशक जोन योन्जनले ‘आँखा’ आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराइसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण रहेको छ ।

‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ ।

मैले अन्तर्राष्ट्रिय इटालियन फिल्म ‘टाइगर्स नेस्ट’मा ७/८ दृश्यमा अभिनय गर्ने मौका पाए । ‘लायन’बाट ख्याति कमाएका भारतका चर्चित बालकलाकार सनी पवार अभिनित यो फिल्ममा मैले ‘केयर टेकर’को भूमिका गरेकि थिए । मेले ‘हिमालय ड्रिम्स’ डकुमेन्ट्रीमा पनि काम गरे ।

अहिले कलाकारको चुनौती कस्तो पाउँनुभएको छ ?

नयाँ कलाकारहरूले विना पैसा पनि काम गर्ने गर्छन् । तर मेरो विचारमा पाँच रुपैयाँ पारिश्रमिक लिएर भए पनि काम गर्ने बानीको विकास गर्नुपर्छ । अर्को भनेको कलाकार बन्न सो विधामा गहन अध्ययन र धैर्यता चाहिन्छ ।

तपाई कलाकारिता क्षेत्रमा प्रवेश नगर्नुभएको भए के बन्नुहुन्थ्यो ?

म सेफ, एयरहोस्टेज वा सर्जन डक्टर बन्थ्ये होला ।

तपाईलाई काठमाडौँको मेयर बालेन्द्र शाह, ललितपुरका मेयर चिरिबाबु महर्जन, चितवनको मेयर रेनु दाहाल, धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपाल हमालमध्ये को मन पर्छ ?

बालेनले काम भन्दा बढी सामाजिक सञ्जालमा स्टन्ट बाजी मात्र गर्ने गरेकाले शान्त सफा ललितपुर बनाएका मेयर चिरिबाबुको काम नै मन पर्छ । म काठमाडौँभन्दा बाहिर त्यती नगएकीले गर्दा काठमाडौँ र ललितपुरभन्दा बाहिरका मेयरहरूले गरेका कामका बारेमा त्यती थाहा छैन् ।

अन्तर्वार्ताको बाँकि भागहरू क्रमश: सम्पादन गर्दै जानेछौँ । पढ्न नभूल्नुहोला ।



366 Views

Comments