काठमाण्डौं १ मा रोचकप्रतिस्पर्धा

Bhugolpark

२४ आश्विन, २०७९,०७:३९

काठमाण्डौ १ मा चर्चित अनुहार प्रकाशमान, रबिन्द्र मिश्रदेखि रमेश खरेलको उम्मेदवारी परेको छ ।

प्रायः सधै चर्चामा रहने निवाचन क्षेत्रहरु मध्यको एक हो निर्वाभन क्षेत्र  नम्बर १। जहाँबाट २०७४ को निर्वाचनमा नेपाली कंग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजय भएका थिए ।

काठमाण्डौ १ मा यसपटक सत्तारुढ गठबन्दनको तर्फबाट प्रतिनिधिसदस्य पदमा प्रकाशमान सिंह एमालेको तर्फबाट किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र एवं नेपाल सुशासन पाटीको तर्फबाट पुर्वप्रहरी डीआइजी रमेश खरेलको र राट्रिय स्वतन्त्र पार्टीको तवर्mबाट पुकार बमको उम्मेदवारी परेको छ ।

आइतबार प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै नेपाली कांग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघिय कानूनहरु बनाउँन नसकिएको बताउँदै आफूले मंसिर ४ को निर्वाचनमा जीत हासिल गरेको खण्डका संसदमा संविधानको मर्म अनुसार प्रदेश र स्थानिय निकायलाई अधिकार सम्पन्न बनाउँन संघिय कानून बनाउँने बताउँनुभयो ।

त्यस्तै नेकपा एमालेका तर्फबाट काठमाण्डौ १ मा प्रतिनिधिसभा सदस्यको उम्मृदवार किरण पौडेलले आफ्नो पार्टी राष्ट्रियता, स्वाधिनता र समृद्धिकापक्षमा अहोरात्र लागिरहेको पार्टी भएकोले आफूलाई जनताले मतदिने विस्वास गर्नुभयो ।

त्यसैगरी काठमाण्डौ १ का अर्का चर्चित उम्मेदवारृहालै विवेकशिल साझा पार्टी छाडेर राप्रपा प्रबेश गरेको रविन्द्र मिश्रले राजनितिमा देखिएको विकृति र विसंगति तोड्न आफूले उम्मेदवारी दिएको  बताउँनुभयो ।उनले गुणस्तरीय र निः शुल्क सार्वजनिक शिक्षा, स्वस्थ्य रौजगारी, सामाजिक सुरक्षा साथै वैदेशिक हस्तक्षेप रौक्न आफूले उम्मेदवारी दिएको बताउँनुभयो ।

राट्रिय स्वतन्त्रपार्टीका उम्मेदवार रमेश खरेलले हालसम्म सदनमा कानून बनाउँने मानिस नगई ३३ वर्षसम्म कानून भत्काउँने मानिस गएको बताउँदै आफूले निर्वाचन जीतेको खण्डमा सदनको प्रतिष्ठा बढाउँनको लागि एवं सदनमा संगठित अपराधिहरुको संख्या कम गर्न आफूले उम्मेदवारी दिएको बताउँनुभयो ।

त्यस्तै राट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार वमले विकास र परिवर्तनको लागि  आफूले उम्मेदवारी दिएको बताउँनुभयो ।


129 Views

Comments