ओलीमाथि मेयर बालेनको आक्रोश: '१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला’

२१ जेष्ठ, २०८१,१६:५४

२१ जेठ,काठमाडौँ । काठमाडौँ महानगरले गर्न लागेको फुटपाथ विस्तारमा एमाले नेतृत्वको भौतिक पूर्वाधार मन्त्रालयले अवरोध गरेपछि मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापाको गिरीबन्धु टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टचार गरेको आरोप लगाएका छन् ।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला’ केपी ओलीज्यू । झापाको गिरीबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गि ।रीबन्धुकै जग्गा दिलाउँछौँ”भनेर थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत भ्रष्टचार तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन’ मेयर शाहले लेखेका छन् ।



275 Views

Comments