चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा विद्यार्थी विदेश पढ्न जाँदा करिब १ खर्ब रुपैयाँ विदेशीयो

Bhugolpark

२० जेष्ठ, २०८१,१६:००

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिना २०८० साउन १ गतेदेखि चैत मसान्तसम्म नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब १ खर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ३० गते आइतबार सार्वजनिक गरेको देशको नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त अवधिमा नेपाली पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा १ खर्ब ५४ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ ।



500 Views

Comments