चितवनमा चुनावी रोचक प्रतिस्पर्धा

Bhugolpark

२३ आश्विन, २०७९,११:४१

चितवनको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन, नेकपा एमाले र राप्रपाले छुूुट्टाछुट्टै उमेदवारी दर्ता गरेका छन् ।गठबन्धनका तर्फबाट माओबादीले फिजिसियन डाक्टर भोजराज अधिकारीलाई अघि सारेको छ ।नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाइे उमेदवारी बनाउने निर्णय गरेको छ ।राप्रपाबाट उपाध्यक्ष विक्रम पाण्डेले उमेदवारी दिएका छन् ।नेपाली कांग्रेसका असन्तुष्ट कार्यकताको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका जगनाथ पौडेलले पनि यहि क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

राप्रपाका उपाध्यक्ष पाण्डे २०७० सालको संविधानसभामा निवाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए ।त्यस क्षेत्र हालको ३ नम्बर क्षेत्र मै पर्छ । २०७४ सालमा प्रचण्डसँग क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्दा पाण्डे पराजित भएमा थिए ।

गत निवाचनमा यस क्षेत्रबाट प्रचण्डले ४८ हजार २७६ भोट ल्याएमा थिए । त्यसबेला प्रचण्डलाई एमाले र पाण्डेलाई कांग्रेले सहयोग गरेका थिए ।


147 Views

Comments