२६ सार्वजनिक संस्थाले गत आर्थिक वर्षमा कमाए साढे ४८ अर्ब,संस्थानमा सरकारको लगानी ६ खर्ब ६१ अर्ब १० करोड ७४..." />
उच्च नाफा र घाटामा रहेका ५ संस्थान

Bhugolpark

१७ जेष्ठ, २०८१,१७:३८

२६ सार्वजनिक संस्थाले गत आर्थिक वर्षमा कमाए साढे ४८ अर्ब,संस्थानमा सरकारको लगानी ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख,नाफामा सञ्चालित संस्थानबाट १० अर्ब ४५ लाख लाभांश,संस्थानमा ३२ हजार १ सय ८० कर्मचारी कार्यरत छन् ।

अर्थ मन्त्रालयले गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०८१ अनुसार सबैभन्दा बढी नेपाल आयल निगम लि.ले ११ अर्ब ७२ करोड २९ लाख रूपैयाँ कमाएको छ । दोस्रोदेखि पाँचौसम्म क्रमश: नेपाल विद्युत प्राधिकरण ९ अर्ब ४० करोड ५५ लाख, नेपाल दूरसञ्चार कम्पनी लि. ७ अर्ब ९२ करोड १ लाख, नागरिक लगानी कोष ३ अर्ब ८५ करोड ७० लाख र निक्षेप तथा कर्जा सुरक्षण कोष : ३ अर्ब ८० करोड ६३ लाख रूपैयाँ कमाएको छ । यी ५ संस्थानको खुद नाफा कुल खुद नाफाको ७५.६७ प्रतिशत हुन आउँछ ।

उच्च नोक्सानीमा रहेका ५ संस्थान क्रमश: नेपाल वायुसेवा निगम ६५ करोड २९ लाख, नेपाल खानेपानी संस्थान ५४ करोड ६९ लाख, दुग्ध विकास संस्थान ४८ करोड ४२ लाख, उदयपुर सिमेन्ट लि. ३६ करोड २८ लाख र नेपाल टेलिभिजन ३५ करोड १२ लाख रूपैयाँ नोक्सानीमा सञ्चालित छन् ।



504 Views

Comments