सहकारी प्रकरणलाई लिएर कांग्रेस सडक आन्दोलनमा उत्रिने

९ जेष्ठ, २०८१,१५:५१

९ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनलाई लिएर अझ कडा हुने देखिएको छ । कांग्रेसले गृहमन्त्री रविको राजिनामासमेत माग्ने भएको छ ।

यसअघि यही मागलाई लिएर संसद अवरोध गर्दै आएको कांग्रेसले सडक आन्दोलन गर्ने भएको हो । आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।प्रथम चरणमा कांग्रेसले काठमानडौँमा प्रर्दशन गर्ने त्यसपछि सहकारी प्रकरणमा प्रभावित शहरहरू पोखरा, चितवन, रुपन्देहीलगायत अन्य शहरमा आन्दोलन गर्ने जनाएको छ । कांग्रेसले यसअघि यो प्रकरणमा भातृ संस्थालाई सडकमा उतारेको थियो ।

यसैगरी स्वच्छ पत्रकारिता गरी रहेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेर सिरोहियालाई राति नै धनुषा लगिएको प्रति समेत खेदप्रकट गरेको छ । गृहमन्त्री रविको एथेष्ठ तथ्य र प्रमाणसहित कान्तिपुर दैनिकमा समाचार प्रकाशित गरेको आधारमा सिरोहियालाई पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रमाथि नाङ्गो हस्तक्षेप भनेको छ ।



249 Views

Comments