‍सन्दिप लामिछानेलाई निर्दोष ठहर

३ जेष्ठ, २०८१,१६:५४

३ जेठ,काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर ‍सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरू सुदर्शन भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजालसले जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

गौशला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा उच्च अदालत काठमाडौँले १३ पुस,२०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।



317 Views

Comments