मेरिल्याण्डकी १७ बर्षिय नेपाली छोरी परिजिता बाँस्तोलाले ‘द भ्वाइस’ कार्यक्रममा भाग लिने उनि प्रथम नेपाली हुन्

Bhugolpark

१२ मंसिर, २०८०,०९:२५

मेरिल्याण्डकी १७ बर्षिय नेपाली छोरी परिजिता बाँस्तोलाले ‘द भ्वाइस’ नामक कार्यक्रममा चारै निर्णायकको कुर्सी घुमाउन सफल, उनले इतिहास रचिन

अमेरिकाको मेरिल्याण्ड राज्यमा आमाबुवासंग बसोबास गर्दै आएकी १७ बर्षिय नेपाली छोरी परिजिता बाँस्तोलाले ‘द भ्वाइस’ नामक कार्यक्रममा चारै निर्णायकको कुर्सी घुमाउन सफल भएकी छिन । यसरी गायन कार्यक्रममा निर्णायक कुर्सीमा पछि फर्केर आवाज मात्र सुन्ने प्रख्यात कार्यक्रममा अनुहार नै नहेरी स्वर राम्रो लागेकोले चार जना चर्चित गायक/गायिकाहरुले नेपाली मुलकी बाँस्तोलाले ईतिहास रच्न सफल भएकी छिन । ‘द भ्वाइस’ कार्यक्रममा भाग लिने उनि प्रथम नेपाली मूलकी हुन् ।

उनि मेरिल्याण्डमा बसोबास गरेता पनि नेपाली समुदायका बिभिन्न कार्यक्रमहरुमा गीत प्रस्तुत गर्दै आई रहेकी छिन । अत्यन्तै मिठास स्वर भएको कारण ‘द भ्वाइस’ ले उनीलाई मौका दिएको छ ।

पारिजिताले ल्याब्रिन्थको जेलस नामक गीत प्रस्तुत गरेकी थिइन् । उनीले गीत सुरुवात गर्ने बित्तिकै जोन लेजेन्ड तुरुन्तै उनि तर्फ फर्किएका थिए त्यस पछि क्रमस क्यामिला काबेलो र ग्वेन स्टेफानी पछि ब्लेक शेल्टन अन्तिममा उनि तर्फ गुमेका थिए । परिजिताले १७ वर्षकी मात्रै भने पछि निर्णायकहरु चकित भएका थिए । स्वर परीक्षण दिने उनको लागि ऐतिहासिक क्षण बनेको छ भने उनी “द भ्वाइसका लागि परीक्षण दिने पहिलो नेपाली अमेरिकी हुन्।” उनले सबै प्रशिक्षकलाई मोती उपहार दिएकी थिइन् ।

परिजिताले जोनलेजेन्डको टोलीलाई छनौट गरेकी छिन । भ्वाइस अर्को शृंखला अर्को सोमबार राति एनबिसीमा आउने छ।


53 Views

Comments