राजनीतिक विरासतकै आधारमा एमालेबाट ३ जनाले जितेका थिए चुनाव

५ जेष्ठ, २०८१,१४:३४

१८ वैशाख, काठमाडौँ । तत्कालिन नेकपा एमालेको महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय तरिकाले दास ढुङ्गामा निधन भएको थियो । प्रखर वक्ता भण्डारीको भाषण सुन्न त्यतिवेला जनसागरनै उल्टिएर खुलामञ्चमा भेला हुने गर्थ्ये ।

जननेता मदन भण्डारीको धर्मपत्नी पूर्वराष्ट्रपति विद्या भण्डारी

जननेता मदन भण्डारीको निधनपश्चात भएको उपनिर्वाचनमा एमालेले नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराई विरुद्ध काठमाडौँ निर्वाचन क्षेत्र नम्वर १ मा विद्या भण्डारीलाई उठाएको थियो । पतिको निधनअघि विद्या अखिल नेपाल महिला संघको राजनीतिमा सक्रिय थिइन । जननेता मदन भण्डारीको निधनपछि उनी राजनीतिको मूलप्रवाहमा आएकी हुन ।

शोकलाई शक्तिमा बदल्न एमालेले त्यो बेला ‘जनताकी छोरी विद्या भण्डारी’ चुनावी अभियान चलाएको थियो । बरखी बारेकी उनीले सेतो कपडा लगाएर दुई वटी नावालिका छोरी च्यापेर भावुक भएर भाषण गर्दै हिड्थिन । त्यही देखेर हुनुपर्छ साधारण अखिल नेपाल महिला संघको कार्यकर्ता भण्डारी पतिको राजनीति विरासतकै कारण विजयी भएकी थिइन । नेपालको राजनीतिलाई नजिकबाट नियाल्दा विगतमा जननेता मदन भण्डारीको धर्मपत्नी भएकै भरमा राजनीतिमा नलागेकी विद्या भण्डारीलाई काठमाडौँवासीले अत्याधिक मतले जिताएकै हुन ।

पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराई

२०७५ साल फागुन १५ गते ताप्लेजुङबाट पाथिभरा माताको दर्शन गरी काठमाडौँ फर्कदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीसहित एयर डाइनेष्टीको हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठसहित ६ जनाको निधन भयो । पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनपश्चात उनको क्षेत्र कास्की- २ प्रतिनिधि सभामा रविन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराईले पतिको राजनीति विरासतकै कारण टिकट पाई चुनाव जितेकी थिइन ।

संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ

एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको २०८० भदौ २७ गते सोमबार रातको १ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । बुवाको राजनीतिक विरासत भएकै कारण विषयवस्तुको गहिरो ज्ञान, सीप र राजनीतिक अनुभव नभएका सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) र परिवार दलको समर्थनमा विजयी भए ।

उनको बुवा एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन । उनको बुवा २०५१ मा कानुन न्याय तथा संसदीय राज्यमन्त्री बनेका त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका थिए । प्रध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङ्ले इलाम- २ बाट २०५६ सालदेखि लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका थिए । त्यसअघि उनी विस २०४८ र २०५१ मा राष्ट्रिय सभा सदस्य बनेका थिए । उनको हृदयघातको कारण असामयिक निधन भएको थियो ।

बुवाको राजनीतिक विरासत र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) साझा उम्मेद्वार भएको कारण ५८३० को फराकिलो मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै विजयी भएका हुन । उनले २७७७२ मत ल्याई जित हासिल गरेका हुन । सुहाङले आफू राजनीतिमा सक्रिय नभएको र अवसर पनि राजनीतिक परिवारमा जन्मेको मान्छेलाई नै दिनुपर्छ भन्नेमा आफू नरहेको बताए पनि पार्टी र इलामेली जनताको भरोसा टुटन नदिन राजनीतिमा लागेर उम्मेद्वारी दिएको बताउँने गर्थ्ये । यी त प्रतिनिधि पात्र मात्र हुन ।

यस्ता पितापुर्खाले गरेको राजनीतिक विरासतकै भरमा उनका छोराछोरी, श्रीमति आदिले साँवाव्याज खादै जानेहो भने ‘राम्रा मान्छेले अवसर नपाउने र हाम्रा मान्छे’ले चुनाव जित्ने र जितेपछि सिन्को पनि नभाच्ने विगतको परिदृश्य दोहोरिन सक्छ । अर्कोतर्फ एमालेमा लामो समय त्याग तपस्या गरेका सकृय कार्यकर्ताहरू धेरै भएको पार्टीमा ‘राजनीति कुनचरीको नाम हो’ थाहा नै नभएको व्यक्तिलाई पार्टीले टिकट दिनाले निष्ठावान कार्यकर्ताहरू निराश हुँदैजाने छन् । जसले गर्दा उनीहरूमा साजनीतिप्रति वितृष्णा पैदाहुने खतरा बढेर जान्छ । अर्कोतर्फ भ्रष्टचार मौलाएर जाने गर्छ किनकि, पार्टीले आशेपासे वा राजनीति विरासत भएका व्यक्तिलाई पार्टीले टिकट दिदैँ जान्छ । जनतामाझ राजनीतिक विरासत वोकेका व्यक्तिका परिवारले मात्र ‘सुखि नेपाली समृद्ध नेपाल’लाई साकार पार्छन् भन्ने गलत भाष्य निर्माण गरिन्छ । सो कुरा जनताले पत्यायर वर्षाँसम्म तिनीहरूको परिवारमा साशन सत्तामा पनि पुर्याउछन । जसले उनीहरूमा जसरी पनि आफूले टिकट पाउने र चुनाव जितिने घमण्ड बढेर जान्छ । उनीहरू जनताप्रति उत्तरदायी नबन्न सक्ने सम्भावना बढेर जान्छ । देश विकासले छलाङ मार्न विगतमा मतदाताले लगातार परिवारको विरासतको वलमा उनलाई जिताएर कतै गल्ति त गरेका छैनन् ? यसको समिक्षा मतदाताले आगामी दिनमा गर्दै जानुपर्छ ।

परिवारिक विरासतको वलमा चुनावको पूर्वसन्ध्यामा राजनीतिमा लागेर निर्वाचित भएका उनीहरूसँग संसदमा गएर नीति नियम बनाएर देश विकासमा छलाङ मार्ने खाका नभएको कारण एवं ग्रास रुटदेखि राजनीति नगरेकाले उनीहरूले उल्लेखनीय काम केहि गरेको देखिदैन । हाम्रो देशमा ‘राजाको छोरा राजा’ हुने परिपाठीको अन्य गर्न हजारौँ शहितहरूले वलिदान दिनुपरेको थिए । पारिवारिक विरासतका वलमा उनीहरूकै परिवारका सदस्यलाई टपक्कै टिपेर पार्टीले उम्मेद्वार बनाउने र जनताले ति नै व्यक्तिलाई भारीमतले विजयी गराउने गर्नाले त्यस्ता व्यक्तिले चुनाव जितेपछि सिन्को पनि नभाच्ने परिपार्टी हावी हुँदै जानसक्ने खतरा मडारिएको देखिन्छ ।

यस्ता गतिविधिले अवसरबाट बन्चित भएका व्यक्ति राजनीतिबाट यात पलायन हुन्छन । यात पार्टीमा विद्रोह गरेर नयाँ पार्टीमा लाग्छन । जसका ज्वालान्त उद्दाहरण तनहुँमा नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट चुनाव जित्नु देखिन्छ । यस्तो परिपार्टी दलमा झाँगिदै गएमा अन्तत्वगत्व पार्टी र देशलाई नै अपूर्णिय क्षेति पुग्ने देखिन्छ । यसतर्फ बेलैमा सम्बन्धित दलका नेता तथा कार्यकर्ताको ध्यान आकृष्ट जानुपर्छ । यस्तो पारिवारिक विरासतको समुल अन्त्य नभई देश विकासले गति लिन नसक्ने भूगोलपार्कको ठम्याई रहेको छ ।



181 Views

Comments