नेकपा माओवादीसमेत साझा उम्मेद्वार सुहाङ नेम्बाङ २७७७२ मत ल्याई विजयी

५ जेष्ठ, २०८१,०८:१७

नेपाली कांग्रेसका डम्बर खड्का ५८३० मतले नेकपा एमालेका सुहाङ नेम्बाङसँग पराजित

१८ वैशाख, काठमाडौँ । बुबाको राजनीतिक विरासतको वलमा इलाम क्षेत्र नं २ मा नेकपा माओवादीसमेतको साझा उम्मेद्वार नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० फराकिलो मतले पछिपार्दै विजयी भएका हुन । नेकपा एमालेका नेम्बाङले २७७७२ मत पाउदा नेपाली कांग्रेसका खड्काले २१९४२ मत पाएका छन् । त्यस्तै सो निर्वाचनमा जातीय पहिचानवादीका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११४५७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५०५० मत पाएका छन् ।

सुहाङको जित हुनका कारण :

सुवासचन्द्र नेम्बाङ जनप्रिय सालिन व्यक्तित्व

सुवासचन्द्र नेम्बाङ देशकै जनप्रिय सालिन व्यक्तित्वका धनी थिए । उनले देश र इलामेली जनतालाई अतुलनीय योगदान दिएका हुनाले नै उनलाई इलामेली जनताले सधै जिताएर पठाएका थिए । उनको असामयीक निधनले देशले अपूर्णिण क्षेति वेहोर्यो । उनको बुवा एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन । उनको बुवा २०५१ मा कानुन न्याय तथा संसदीय राज्यमन्त्री बनेका त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका थिए । प्रध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङ्ले इलाम- २ बाट २०५६ सालदेखि लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका थिए । त्यसअघि उनी विस २०४८ र २०५१ मा राष्ट्रिय सभा सदस्य बनेका थिए । उनको हृदयघातको कारण असामयिक निधन भएको थियो ।

बुवाको राजनीतिक विरासत र नेकपा माओवादीसमेतका साझा उम्मेद्वार भएका कारण सुहाङ नेम्बाङ विजयी

बुवाको राजनीतिक विरासत भएकै कारण विषयवस्तुको गहिरो ज्ञान, सीप र राजनीतिक अनुभव नभएका सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेद्वार भएका कारण सुहाङ नेम्बाङ विजयी भएका हुन । उनले ५८३० को फराकिलो मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै विजयी भएका हुन ।

विगतको निर्वाचन- २०७९ को समिक्षा गर्दा नेपाली कांग्रेसका डम्बर खड्कालाई नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपासहित पाँच दलले समर्थन गरेकाले १ सय १४ को झिनो मतले खड्का नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए । त्यसैले यस पटकको उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्काले पनि जित्न सक्ने आँकलन गरिएको थियो ।

अष्ट्रेलियामा साधारण काम गरेर नै उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर राजनीतिमा लाग्नु

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया गएका सुहाङ धनी बुवाको छोरा भएर पनि अष्ट्रेलियामा साधारण काम गरेर नै उच्च शिक्षा हासिल गरेका थिए । बुवाको निधनपछि राजनीतिमा लाग्नुको अर्थ बुवाको ‘समृद्ध इलाम सुखी इलामेली जनता’ को नारालाई साकार पार्नु रहेको बताउछन् ।

जातीय पहिचानवादीका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले रास्वपाका उम्मेदवार मिलन लिम्बुले मत काट्नु

कोशी प्रदेशको नामकरण जातीय पहिचानका आधारमा हुनुपर्छ भनी जनतालाई सुसूचित गर्दै हिडने समूहहरूले स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पक्षमा खुलेर चुनावी प्रचारप्रसार गर्दै हिडे जसले गर्दा पहिचानवादीको मुद्दा बोकेका अधिकारकर्मी रास्वपाका उम्मेद्वार मिलन लिम्बू छायाँमा परे। हुनत विगतमा माओवादीमा हुदा उनी कोशी प्रदेशको नामकरण जातीय पहिचानका आधारमा हुनुपर्छ भनी जनतालाई सुसूचित गर्दै हिडकै थिए । तर चुनावको मुखमा एकाएक रास्वपाबाट उम्मेद्वार बनेका मिलन लिम्बूले पहिचानको मुद्दा छोडे भन्ने जस्तो गलत संदेश मिडियाकर्मी र पहिचानवादीहरूले प्रवाह गरे । जसले गर्दा मिलन लिम्बू पहिचानवादी मात्र नभएर विषयवस्तुको ज्ञान, सीप र अनुभव भएका एवं ग्रास रुटबाटै प्राइमरी इलेक्सनमा पनि अत्यधिक मतदाताले रुचाएका व्यक्ति भएर पनि आम नेपालीहरूले अपेक्षा गरेअनुसारको मत ल्याउन सकेनन् । हुन त उनलाई रास्वपाको प्राइमरी इलेक्सनमा चर्चामा रहेका उम्मेद्वारहरूको समेत समर्थन गरेका थिए ।

सुहाङले आफू राजनीतिमा सक्रिय नभएको र अवसर पनि राजनीतिक परिवारमा जन्मेको मान्छेलाई नै दिनुपर्छ भन्नेमा आफू नरहेको बताउने गर्थ्ये । तर चुनावको पूर्वसन्ध्यामा पार्टी र इलामेली जनताको भरोसा टुटन नदिन राजनीतिमा लागेर उम्मेद्वारी दिएको बताएका थिए । युवा नेताका रुपमा निर्वाचित भए पनि संसदमा गएर नीति नियम बनाएर देश विकासमा छलाङ मार्ने खाका नत उनीसँग छ, नत ग्रस रुटदेखि राजनीति गरेको अनुभव नै । यस्ता पितापुर्खाले गरेको राजनीतिक विरासतकै भरमा उनका छोराछोरीले साँवाव्याज खादै जाने हो भने राम्रा मान्छेले अवसर नपाउने र हाम्रा मान्छेले चुनाव जित्ने जितेपछि सिन्को पनि नभाच्ने कामको अन्त्य गर्नुपर्ने भन्नेहरूलाई राम्रो काम गरेर जवाफ दिनु पर्ने चुनौती आगामी दिनमा सुहाङको काधमा आएको छ । अन्यथा उनी आफ्नो वलवुतामा हिड्न नसक्ने केपी ओलीको निर्देशन मात्र पालन गर्ने असल कार्यकर्ता बने भनेर उनका आलोचकहरूले भन्ने छन् ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङको हृदयघातबाट निधन भएपछि २०८१ साल वैशाख १५ गते निर्वाचन भएको हो । उक्त विर्वाचनबाट नवनिर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङलाई भूगोलपार्कको तर्फबाट हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना ।



115 Views

Comments