नेकपा (एमाले)का दमनबहादुर भण्डारी ११६१३ मत ल्याई विजयी

२ जेष्ठ, २०८१,१५:२७

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह २६७ मतले पराजित

१७ वैशाख, चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ (क) प्रदेशसभा सदस्यका लागि २०८१ साल वैशाख १५ गते भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै विजयी हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भण्डारीले ११,६१३ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११,३४६ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३,८६१ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २,५१४ प्राप्त गर्नुभएको थियो । यसको आधिकारीक घोषणा भने निर्वाचन आयोगले गर्न बाँकी छ ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङको हृदयघात र बझाङ प्रदेशसभा १ (क) प्रदेशसभाबाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनाबाट निधन भएपछि २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो । नवनिर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीलाई भूगोलपार्कको तर्फबाट हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना ।



142 Views

Comments