प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन- २०८१

३० बैशाख, २०८१,१५:४८

इलाम उपनिर्वाचनः फाकफोकथुम-१ र २ को मतगणना

१६ वैशाख, इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ र २ को मतगणना गरिदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार १४६ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ७३ प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक ३११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत प्राप्त गर्नुभएको छ । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा १ लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

बझाङ उपनिर्वाचन अपडेट:

१६ वैशाख,चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्राप्त परिणाम अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ७५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मतप्राप्त गर्नुभएको छ भने २८ मत बदर भएका छन् ।



79 Views

Comments