नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह प्रवेश गरे

Bhugolpark

१२ बैशाख, २०८१,०४:४८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका-१४ स्थित भिमसेननगरमा नयाँ बनाएका हुन् । सोमबार घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् । 

बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । 

प्रचण्डले आफू गाँउमै फर्किएको बताएका छन् । उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे । अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउनेछन् ।

मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् । उनी विभिन्न कार्यक्रममा व्यस्त छन् ।


98 Views

Comments