रिपोटर्स क्लबमा भीम रावलले गरे एमाले छोड्ने संकेत

२४ बैशाख, २०८१,१०:५३

१४ वैशाख,काठमाडौँ । हिजो रिपोटर्स क्लबमा नेकपा एमाले नेता भीम रावलले एमाले छोड्ने संकेत गरेका छन् । उनले ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको बताए । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा,ओलीले ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा मोवाईलमा एसएमएस हेरे भै गोनि जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत बताउदै अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

केपी ओलीको तानाशाह प्रवृतीले सीमा नाघेको भन्दै ‘मैले के सोचेको छु भने राजनीति जीवनको एक मोडमा धकेलिएको महसुस भएको छ,’ रावलले बिहीबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बताए । घुम्तिमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरेका हुन ।

‘एउटा घुम्तिमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्तीमा पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ,’ उनले भने, ‘भविश्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’ आफू विधि पद्दति र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् लगायतको बैठकहरूमा सहभागी हुनबाट वञ्चित गराइउको पनि उनले गुनासो गरे ।

तर उनले पत्रकारहरूले तपाई कुन पार्टीमा लाग्नु हुन्छ कि नयाँ पार्टी खोल्नुहुन्छ भनि सोधेको प्रश्नमा अहिलेसम्म सो विषयमा सोचि नसकेको बताए । उनले आफ्ना कार्यकर्ता र शुभचिन्तकहरूको सुझावलाई ग्रहण गर्दै उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताए ।



84 Views

Comments