'प्रचण्ड होईन कांग्रेस र एमाले अस्थिर हो' रामनारायण बिडारी

२१ बैशाख, २०८१,१२:५९

१३ वैशाख,काठमाडौँ । एप्पल मिडियाको सहकार्यमा बिजुली बजारमा भएको संवाद क्लव नेपाल,अन्तर संवाद कार्यक्रममा समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता दीनानाथ भुसाल,नेकपा एमालेका नेता शेर बहादुर तमाङ,नेकपा (माओवादी केन्द्र)का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र नेकपा एकिकृत समाजवादीका आलोक रायमाझीले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा वर्तमान व्यवस्था सहि भएको तर धेरै लामो समयसम्म विगतका शासकहरूले चुसेकाले गर्दा देश विकास नभएको स्मरण गराउदै “आफू वाल्यकालमा स्कुल पढ्दा समेत दक्षिण एशियाकै गरिव देशमा नेपाल छ भनेर पढेको बताउँनुभयो । हाम्रो देशका नेताहरू विगतमा पूर्वशासकहरूको शोषण दमनमा परेकाले हाल उनीहरूले पनि त्यसै गरे । जसरी ‘सासूले जे सिके बुहारीहरूलाई त्यहि गर्न लगाउने चलन’ अहिले पनि धेरै ठाउँमा देख्न सकिन्छ ।” उनले प्रधानमन्त्री प्रचण्ड अस्थिर नभएको वरु नेपाली कांग्रेस र एमाले नै अस्थिर भएकाले घरी कांग्रेसले त घरी एमालेले प्रधानमन्त्री प्रचण्डलाई बनाएको बताउँनुभयो ।

उनले गठबन्धन दल नभई सरकार नबन्ने वर्तमान शासन प्रणालीमा गठबन्धनका प्रधानमन्त्री बन्नु प्रधानमन्त्रीको बाध्यता भएको बताउनुभयो । भ्रष्ट कर्मचारीतन्त्र र मन्त्रीहरूको कारण प्रधानमन्त्रीले चाहेर पनि भ्रष्टचार न्यूनीकरण गरी देश विकास चाहे जति गर्न नसकेको जिकिर गर्नुभयो । उनी‘गठबन्धनका मन्त्रीहरूलाई भ्रष्टचार नगरी जनअपेक्षाअनुसार काम गर भन्दा सरकार ढाल्दिन्छौँ भन्छन्’भनी बताउछन् । देशमा केहि नभएको भने हैन भन्दै विभिन्न उद्देश्यले विदेशीएका नेपालीहरू आफ्नो कलासंस्कृति, रीति रिवाज, परिवार आदिलाई सम्झेर केहि समयपछि पैसा र सीप सिकेर नेपालमा नै फर्कने जिकिर गर्नुहुन्छ ।



74 Views

Comments