कलेजो ट्रान्स्प्लान्टका लागि सहयोगको अपिल

२१ बैशाख, २०८१,११:५८

१३ वैशाख,काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का ङने रसाइलीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गर्नु भएको छ । कलेजोमा खराबी आएपछि विश्वकर्माको अहिले किस्ट हस्पिटलमा उपचार भैरहेको छ । कलेजोमा खराबी आई काम गर्न छाडेपछि ट्रन्स्प्लान्ट गर्नुको बिकल्प नभएको चिकित्सकले सल्लाह दिएको छ । कलेजो ट्रन्स्प्लान्टको लागि ठूलोरकम आवश्यक पर्ने भएकाले आर्थिक सहयोग गरिदिनुहुन पीडित रसाईलीले सबैलाई आग्रह गरेका हुन । कलेजो आफ्नै परिवारका सदस्यले उपलब्ध गराए पनि ट्रन्स्प्लान्ट्का लागि झन्डै ४० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । उक्त रकम जुटाउन नसक्दा ट्रन्स्प्लान्ट गर्न नसकिएको पारिवरिक सदस्यले जनाएका छन ।

आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरिदिन सबैसँग रसाईलीले आग्रह गर्नुभएको हो । करिब १ वर्ष अघिदेखि कलेजोको रोगको उपचार गराईरहेका बिश्वकर्मा अहिले निक्कै पीडामा छन । उनको १ देखि १२ कक्षा अध्ययन गर्दै गरेका ४ चार जना छोराछोरी छ्न । परिवारमा कमाउने आफू एक्लो भएको र ६ महिनादेखि बिरामी पर्दा आफ्ना छोराछोरीको स्कुलको शुल्क समेत तिर्न नसकेको रसाइली बताउछन । शुल्क तिर्न नसक्दा विद्यालयले सुरुमा परीक्षा दिनबाटै बन्चित गरेको थियो । तर आग्रह पश्चात विद्यालयले परिक्षा दिन दिए पनि आफ्नो बहिनिको रिजल्ट नदिएको रसाइलीकी छोरी पबित्रा बताउछिन ।

उता आफ्नो समेत १२ कक्षाको अन्तिम परीक्षा नजिकिएको तर अझै ११ कक्षादेखि कै शुल्क तिर्न नसकेकाले परीक्षाबाट बन्चित हुनुपर्ने अवस्था आएको पवित्रा बताउछिन । आफ्नो बुबा बिरामी भएपछि सबैकुराको चिन्ता थपिएको उनको भनाई छ । अहिले उनलाई आफ्नो पढाई भन्दा पनि बुबाको उपचार कसरि गर्ने भन्ने चिन्ताले सताएको छ । बुबाको उपचारको लागि सहयोग गरिदिन उनले सबैसँग आग्रह गरेकि छिन । तपाई हाम्रो सानो सहयोगले ४ चार जना नावालाक छोराछोरीका बुबाको ज्यान बच्न सक्छ । साथै ती चार जना होनाहार बालबालीकाले राम्रो पठनपाठन गरी उज्ज्वल भविश्य निर्माण गर्न सक्छन् ।

सहयोग गर्न चाहने सहयोगी मनहरूले लुम्बिनि बिकास बैंक मा पबित्रा रसाइली (Pabitra Rasaili) को खातानम्बर ०६५१३०२०३१००७८०००००१ (06513020310078000001) मा सहयोग गरी पुण्य कमाउन भूगोलपार्क हार्दिक अनुरोध गर्दछ ।



206 Views

Comments