७१.८८% प्रतिशतले भने भ्रष्ट सरकारलाई सत्ताच्युत गरी राजतन्त्र ल्याउँन गरिएको प्रदर्शन ठीक छ

१८ बैशाख, २०८१,१२:३७

६ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा काठमाडौँमा चैत्र २७ गते प्रदर्शन गरेको थियो । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गरेको थियो । सो झडपका क्रममा आफ्ना ३० जना राप्रपाका शुभचिन्तक कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले भूगोलपार्कको समाचारदातालाई बताएको थियो ।

राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा वैशाख ३ गते बिहान ४ बजे निधन हुन पुगेको थियो । अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोमा समस्या देखापरेको थियो । उहाँ उच्च रक्तचापका विरामी पनि हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोहि दिन मध्यान्ह चाबहिलस्थित राप्रपाको कार्यालयमा राखि बेलुका आर्यघाटमा अन्त्येष्टी गरिएको थियो । सरकारले वर्वर दमन गरेको कारण आफ्नो कार्यकर्ताको मृत्यु भएको भन्दै राप्रपा सरकारसँग क्रुद्ध देखिएको छ । सो पार्टीले नालायक सरकारको दिन गन्ति सुरु भएको भन्दै यो भ्रष्ट सरकार ढल्ने मात्र नभएर नयाँ राजतन्त्रसहितको हिन्दुअधिराज्यको स्थापना हुने बताएको थियो ।

यसै विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता 'काठमाडौँमा सरकारविरुद्ध राप्रपाको प्रदर्शन' भन्ने विषयमा भूगोलपार्कले ओपिनियन पोल बनाएको थियो । उक्त पोलको ५ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

हामीले यसै विषयमा पहिलो प्रश्न राप्रपाले काठमाडौँमा ४० बुँदे माग पूरा गराउँन सरकारविरुद्ध प्रदर्शन गर्नुलाई के भन्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा १८.७५ प्रतिशतले वेमौसमी बाजा,७१.८८ प्रतिशतले भ्रष्ट सरकारलाई सत्ताच्युत गरी राजतन्त्र ल्याउँन गरिएको प्रदर्शन ठीक छ, ७.०३ प्रतिशतले विरोध गर्नुको तुक छैन्,संघीयता देशको आवश्यक्ता हो र २.३४ प्रतिशतले म केहि भन्न चाहान्नँ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा दोस्रो प्रश्न राजेन्द्र लिङ्देनलाई जोगाउन खोज्ने व्यक्तिमाथि नेपाल प्रहरीले संम्वेदनशील अङ्गमा लात्ताले हान्नुलाई के भन्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा २४.२२ प्रतिशतले निषेधित क्षेत्र तोडेकाले सन्नीमा लात्ताले हान्नु सामान्य कुरा हो, ३४.३८ प्रतिशतले संवेदनशील अङ्गमा लात्ताले हान्ने प्रहरीलाई तत्काल कारबाही हुनुपर्छ, ३८.२८ प्रतिशतले भ्रष्ट सरकारको अब दिन गन्ति सुरु हुन्छ र ३.१३ प्रतिशतले म केहि भन्न चाहान्नँ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा तेस्रो प्रश्न भनि राप्रपाले काठमाडौँमा गरेको सरकारविरुद्ध प्रदर्शनले के राजतन्त्र बिउँतिएला ? सोधिएका थियौँ । जसमा १७.९७ प्रतिशतले आर्यघाटमा दागवत्ति दिइसकेको राजातन्त्र बिउँतिदैँन, ३५.९४ प्रतिशतले जनताको साथमा भरपर्छ, ४६.०९ प्रतिशतले महंगो संघीय व्यवस्थामा नेताको भ्रष्ट आचरण नसुध्रीय भन्न सकिन्न र ०.० प्रतिशतले म केहि भन्न चाहान्नँ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा चौथो प्रश्न हिन्दु अधिराज्यसहितको राजतन्त्र स्थापना भए के भ्रष्टचारको अन्त्य होला ? भनि सोधिएका थियौँ । जसमा ७.८१ प्रतिशतले झन भ्रष्टचार बढेर जान्छ,७३.४४ प्रतिशतले धेरै राजाको अन्त्य भएर एक जना राजा मात्र हुने भएकाले भ्रष्टचार कम हुन्छ, १४.८४ प्रतिशतले राजा कहिल्यै नआउँने भएकाले यस्ता कुरा गरेर समय बर्वाद गर्दिन र ३.९१ प्रतिशतले म केहि भन्न चाहान्नँ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा पाँचौ प्रश्न अहिलेको आवश्यकता हिन्दु अधिराज्युहितको राजतन्त्र स्थापना हो कि भ्रष्टचारको अन्त्य ? भनि सोधिएका थियौँ । जसमा २८.१३ प्रतिशतले भ्रष्टचारको अन्त्य, २३.४४ प्रतिशतले हिन्दु अधिराज्यसहितको राजतन्त्र स्थापना, ४७.६६ प्रतिशतले माथिका दुवै र ०.७८ प्रतिशतले म भन्न चाहान्नँ भनि अभिमत दिनुभएको थियो।



289 Views

Comments