महेश बस्नेतविरुद्ध जानुका पाठकले दिएको उजुरी तामेलीमा

१८ बैशाख, २०८१,१२:१३

५ वैशाख,काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ । साथै प्रहरीले प्रमाण पुगेको बखत मात्र कार्यन्वयन गर्ने गरी सरकारी वकिल कार्यलयलाई राय पठाएको छ ।

जानुका पाठकले १३ चैत्र,२०८० मा प्रहरी परिसर टेकु, काठमाडौँमा महेश बस्नेतविरुद्ध मुलुकी अपराध संहिता,२०७४ को दफा २१९ बमोजिम जबरजस्ती करणी गर्न नहुने, दफा १८८ बमोजिम गर्भ पतन गर्न नहुने र दफा २४४ बमोजिम डाँका गर्न नहुने सम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन ।

तर जाहेरी दर्ता गरेको धेरै समयमा पनि आरोपित व्यक्ति नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेत पक्राउ नपरेको घटनाप्रति जानुका पाठकले आफ्नो गम्भिर ध्यानाकर्षण भएको वताएकी थिइन । उनले “जाहेरी दिएको लामो समयसम्म निजलाई पक्राउ नगर्नु नगराउनु भनेको अझैँ मसँग भएको प्रमाण लोप गराउने मलाई नै असुरक्षा हुने गरी अप्ठ्याडो एवम् संकट पार्नु हो” भनेकी थिइन । हिजो उनीले सोहि विषयमा प्रेस विज्ञप्तीसमेत जारी गर्दै सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी थिइन ।



91 Views

Comments