राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन

१६ बैशाख, २०८१,१२:२५

३ वैशाख,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा बिहान ४ बजे निधन भएको छ । अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोमा समस्या देखापरेको थियो । उहाँ उच्च रक्तचापका विरामी पनि हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मध्यान्ह चाबहिलस्थित राप्रपाको कार्यालयमा राखिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भूगवलपार्कलाई जनकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा काठमाडौँमा चैत्र २७ गते प्रदर्शन गरेको थियो । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो ।

जुलुसलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गरेको थियो । सो झडपका क्रममा आफ्ना ३० जना राप्रपाका शुभचिन्तक कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको थियो । मृतक ठाकुरप्रसाद डाँगीको चिरशान्तिको कामना गर्दै भूगोलपार्कको तर्फबाट हार्दिक समवेदना ।



88 Views

Comments